बेरोजगार हुनुहुन्छ? श्रीयोगले दिनेछ काम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2019 | 10:57:54 AM मा प्रकाशित

laxmi  sunrise bank
लीलानाथ घिमिरे

के तपाईं तपाईं बेरोजगार हुनुहुन्छ ? श्रीयोग डटकममा आफूलाई सूचिकृत गराउनुस । तपाईंलाई रोजगारीको अबसर आउन थाल्ने छ । छनौटको अबसर तपाईसँगै हुनेछ । कुन काम गर्ने, कुन नगर्ने । बेरोजगार युवा जनशक्तिलाई लक्षित गरेर श्रीयोगले नयाँ पोर्टल सञ्चालनमा ल्याएको हो । यसमा विभिन्न पेशासँग मिल्ने योग्यता बनाउने ब्यक्तिहरुले आफ्नो नाम, सम्पर्क नम्बर तथा ठेगाना लिस्टिंग गराउन सक्नेछन् । फुर्सदको समयलाई राम्रो कुरामा ब्यतित गर्दा समयको सदुपयोग साथै पैसा पनि कमाइ हुने हुन्छ। यो सानो प्रयासले देशमा विद्यमान वेरोजगारी समस्यालाई धेरै हदसम्म कम गर्ने भएकाले यो कार्य सामाजिक सेवाकै एक पहल हो ।

श्रीयोग डटकम पूर्ण रुपमा पार्ट टाइम काम गर्ने एउटा प्लेटफर्म हो जुन नयाँ कन्सेप्टको आधारमा बनाइएको छ। विभिन्न ७८ समूहमा स्थान अनुसार काम गर्ने, या भनौ सेवा दिने व्यक्तिहरुको सानो विवरण रखिएको हुन्छ  र जसले त्यस्तो काम गर्ने या भनौ सेवा दिने व्यक्तिहरुलाई खोजि रहनु भएको छ भने त्यस्तो कामदार खोज्ने व्यक्ति र काम लगाउने व्यक्तिलाइ वेबसाइट,मोबाइल याप्स र कल सेन्टरको माध्यमबाट जोड्ने काम गर्दछ । 

हरेक कुरा गुगलमा भेटिदैन,  न फेसबुकमा न लिन्कडिनमावा अरु कुनै ठाउँमा , सानो भन्दा सानो कामले पनि रोजगारीको अवसर प्रदान गर्छ अनि त्यो रोजगारीले आम्दानीको स्रोत साथै काममा अझै दक्ष बनाउछ ।  थोरै शब्दमा भन्ने हो भने , हामी काम खोज्ने र काम गर्ने मान्छेलाई सजिलै सँग जोडिदिने काम गर्छाैं । बिराटनगरमा रहेका राम जी (काल्पनिक नाम) प्लम्बिङको काम गर्नु हुन्छ , अनि बिराटनगरमा नै घर भएको श्याम बस्नेत (काल्पनिक नाम)को घरमा प्लम्बर चहिएको हुन्छ, त्यो बेला कहाँ कसरी खोज्ने, अनि कुन प्लम्बर कस्तो लेभल को हो, के कस्तो रिभ्यु छ, थाहा पाउन मुस्किल हुन्छ । यस्  वेबसाइट, मोबाइल याप्समा प्लम्बरहरु जस्तै हाम्रो दैनिक जीवनमा काम लाग्ने प्रायः सबै दक्ष जनशक्तिहरुको नेपाल भरिको बिवरण रखिएको छ ।

श्रीयोगका संस्थापक प्रकाश उप्रेतीका अनुसार रोजगारी खोजी रहेका जनशक्तिहलाई सीपका आधारमा श्रीयोग डटकमले रोजगारीको अवसर जुटाइदिने छ । श्रीयोगमा सूचिकृत हुन उमेर हद छैन । बच्चादेखि बृद्धसम्मले श्रीयोग डट कमको सेवा लिन सक्नेछन् । श्रीयोगले वेबसाइट, मोबाइल एप्स, टोलफ्री नम्बर, एसएमएसको माध्यमबाट सेवा उपयोग गर्न सकिने ब्यवस्था गरेको छ । काम गर्ने सीप भएका, कुनै तालिम लिएका, कामको खोजीमा अलमलिएका व्यक्तिलाई रोजगारी दिने छँदैछ, श्रीयोगले विदेशमा बस्नेहरुलाई समेत सीपअनुसार काम खोज्ने प्लेटफर्म उपलब्ध गराउँने बताएको छ । श्रीयोगले ५० मुख्य सहरहरुमा १०० समूहमा १०० व्यक्तिहरुको विवरण राखेर पाँच लाख व्यक्तिहरुलाई आंशिक समय रोजगारी दिने योजना बनाएको श्रीयोगका संस्थापक प्रकाश उप्रेतीले बताए । उनले भने, सीप भएका तथा काम गर्न चाहने व्यक्तिहरुको सीपको पहिचान गरी उनीहरुलाई सही ठाँउमा र्पुयाई कामको अवसर प्रदान गर्छौ । श्रीयोग डटकममा आफूलाई निशुल्क रुपमा सुचिक्रित गर्न सकिन्छ । त्यहाँ सूचिकृत भएका ब्यक्तिहरुको नाम सूचिकृत समुहमा, स्थान अनुसार देखिने छ । कामदार चाहिनेहरुले आफूले खोजेको समुहमा क्लिक गरेर त्यसमा सूचिकृत भएका ब्यक्तिहरुलाई सम्पर्क गर्न सक्नेछन् । यसरी श्रीयोगले काम खोज्ने देखि कामदार खोज्नेसम्मलाई जोड्ने काम गर्छ ।   

हरेक सीपलाई  आर्जनको स्रोत बनाउन सकिन्छ । जस्तै दुना टपरी गाँस्ने, बात्ती कात्ने, बिवाह, ब्रतबन्ध, पूजा, उत्सव, सप्ताह आदिमा खाना पकाउने, सुत्केरी स्याहार्ने, घर वा अफिसमा राउटर सेटअप गर्ने, डेरा सारिदिने, ल्यापटप बनाउने, कम्प्युटर सिकाउने, फेसवुक, स्काईप, इन्टरनेट चलाउन सिकाउने, खसी काट्ने, बच्चा हेरिदिने, सेलरोटी पकाइदिने आदि सीपहरुलाईआम्दनीको स्रोत बनाउन सकिन्छ,  आफ्नो सीपको सही पहिचान गरी वा आफूलाई मन पर्ने कामको सीपमुलक तलिम लिएर आफ्नो विवरण दर्ता गरी सजिलै  काम पाउन सकिन्छ ।

बाच्नको लागि हामीलाई कसै न कसैको सहयोग चाहिन्छ , भान्सादेखि ओछ्यानसम्म, बिहान खाजा बनाउनेदेखि बेलुका खाना बनाउने सम्म, पुरी पकाउनेदेखि पिज्जा बनाउने सम्म , बिजुली मर्मत गर्ने देखि लिएर ग्यास स्टोभ मर्मत गर्ने सम्म । श्रीयोग डट कम मा रहेको  ७८ वोटा समूहले दैनिक जीवनको जुन सुकै क्रियाकलापलाई समट्ने गरेको छ। साथै आवश्कता महसुस गरेको खण्डमा थप्दै समुह र स्थान हरु पनि थप्दै लैजाने  । श्रीयोगका संस्थापक प्रकाश उप्रेती बताउछन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved