सूचना प्रविधिसम्बन्धि विधेयक पारित, फेसबुक र ट्वीटरलाई कानुनी दायरामा ल्याउँदै सरकार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2019 | 04:51:33 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभाबाट ‘सूचना प्रविधिसम्बन्धि विधेयक २०७५’ पारित भएको छ । सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पेस गरेको विधेयक शुक्रबार बसेको प्रतिनिधिसभा बैठकबाट पारित भएको हो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले जनताको आवाज दबाउने गरी सुचना प्रविधिसम्बन्धि विधेयक ल्याएको भन्दै विरोध जनाएको थियो । सांसद गगन थापाले सरकार विरोधी आवाजलाई नियन्त्रण गर्न विधेयक ल्याएको टिप्पणी गरे । उनले भने, “कुनै बेला आलोचनाबाट बच्न ज्ञानेन्द्रले फोन काटेको सम्झन्छु, तर न फोन बन्द भयो, न आलोचना गर्ने मुख बन्द भयो । सरकारलाई म त्यो स्मरण गराउन चाहन्छु ।”

बैंठकमा नेकपाका सांसद योगश भट्टराईले विधेयकमा व्यक्तिगत नभई फेसबुक वा टुइटर कम्पनीलाई नेपाल सरकारको कानुन मातहत ल्याउन खोजिएको बुझ्न आग्रह गरे । उनले बढ्दो सूचना प्रविधिलाई व्यवस्थित र मर्यादित बनाई आधुनिक र सभ्य बनाउन विधेयकले महत्वपुर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved