सात वटै शव बोकेर सेनाको हेलिकप्टर काठमाडौँतर्फ (फोटोफिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2019 | 01:15:56 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार भएको हेलिकप्टर दूर्घटनामा परि निधन भएका पर्यटन मन्त्री रबिन्द्र अधिकारी सहित ७ जनाको शव बोकेर नेपाली सेनाको हेलिकप्टर काठमाडौँको लागि उडेको छ ।   सुकेटार विमानस्थलको मौसममा सुधार आएपछि सेनाको हेलिकप्टर उडेको हो  ।   

शव काठमाडौं ल्याएपछि पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजञ्ज लगिने छ । त्यसपछि श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिने छ । श्रद्धाञ्जलीपछि मृतकका आफन्तलाई शव जिम्मा लगाइने छ । मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय सरकारले गरिसकेको छ । उनको गृहजिल्ला कास्की मै अन्त्यष्टि हुने छ 

मन्त्री अधिकारी चढेको हेलिकप्टर पूर्वी नेपालको ताप्लेजुङमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै सात जनाको मृत्यु भएको हो । दुर्घटनामा मन्त्री अधिकारीसंगै प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, यति एयरलाइन्सका अध्यक्ष आङ्छिरिङ शेर्पा, हेलिकप्टरका पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका अङ्गरक्षक अर्जुनकुमार घिमिरेको पनि निधन भएको हो । 

यसरी उड्यो हेलिकप्टर :








Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved