मेयर शाक्य भन्छन ‘पेटिकोटका बिषय हट न्युज बने, महानगरका राम्रा काम समाचार बनेनन्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2019 | 05:11:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सडक सफा गर्न सरकारले ल्याएका ब्रुमरको उद्घाटन गर्दै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सञ्चार माध्यमसँग गुनासो गरेका छन् । उनले महानगरले गरेका राम्रा कामको प्रचार नहुने तर सडक विभागको पुरानो ब्रुमरले सडक बढार्दा जाली छिनेर धुलो बाहिर निस्किदा मेयरले भ्रष्टाचार गर्यो भन्दै समाचार आउनु दुखद भएको बताए ।

‘पेटिकोट लाएर जुलुस निकाल्यो भने सबै मिडियामा आउँछ, एक जना नांगो भएर सिंहदरबार अगाडि उभियो भने सबै मिडियामा कभर न्युज बन्छ, राम्रो काम चाहिं न्युज नै बन्दैन, मिडियालाई पनि हट हट न्युज चाहिने रहेछ, मेयर कुल परेछु क्यारे’ उनले भने । 

काठमाडौँका सडक धुलाम्य हुनुमा मेलम्ची खानेपानी आयोजना मुख्य दोषी रहेको उनले आरोप समेत लगाए । त्यसपछि बसपार्क निर्माण, धराहरा निर्माण, दरबार हाइस्कुल निर्माण र वीर असपताल निर्माणले पनि सडकलाई धुलोयुक्त बनाएको उनको भनाई छ । मेयर शाक्यले मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउँदा खनिएका काठमाडौँका सडक आयोजनाले समयमै नबनाईदिँदा दोष जति महानगरको थाप्लोमा आएको गुनासो गरे । उनले मेलम्चीले बिगारेका र सडक विभाग मातहतका सकड नगरपालिकाले नबनाउने स्पष्ट पारे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved