राष्ट्र बैंकद्धारा भुकम्पपीडितको सुविधा कटौति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2019 | 05:02:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले भूकम्प पीडितले पाउने सुबिधा कटौती गरेको छ । राष्ट्र बैंकले सहुलियत कर्जाका लागि ब्याजदर अनुदान सम्बन्धी कार्यविधि, २०७५ मा संशोधन गर्दै भूकम्पपीडितको सुबिधा कटौती गरेको छ ।

संशोधनमा राष्ट्र बैंकले भूकम्प पिडितको परिभाषा परिवर्तन गरेको छ । अब भूकम्प पीडित भन्नाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सम्झौता गरी पहिलो किस्ता रकम प्राप्त गर्न नसकेको वा पहिलो किस्ता प्राप्त गरेर दोस्रो किस्ता प्राप्त नगरेका पीडितहरु पर्ने संशोधित कायविधिमा उल्लेख गरिएको छ । अर्थात् अब दोस्रो किस्ता लिईसकेकाहरु भूकम्पपिडित होइनन ।

यसअघि भूकम्पबाट आवास क्षति भएका सबै पर्ने ब्यवस्था रहेको थियो । राष्ट्र बैंकको नयाँ परिभाषा सँगै आवाश निमार्ण अन्तिम चरणमा पुर्याएका र निमार्ण सम्म्पन्न गरेका प्रभावितलाई सहुलियत कर्जा पाउने बाटो बन्द भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved