ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गर्दै गण्डकी प्रदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2019 | 03:31:38 PM मा प्रकाशित

laxmi  sunrise bank

गोरखा नगरपालिका–१ ताप्लमा ज्येष्ठ नागरिकका लागी निःशुल्क स्वास्थ्य उपचार शिविर सञ्चालन गरिएको छ । गण्डकी प्रदेश सरकारद्वारा लागू गरिएको ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम अनतर्गत यो शिविर संचालन गरिएको हो ।

शिविरमा मुटु, आँखा र कानको जाँच गरिएको थियो ।  यहाँका वृद्धवृद्धाहरुलाई शहरमा गएर उपचार गराउन समस्या हुँदै आएको थियो, गाउँमै शिविर मार्फत स्वास्थ्य परीक्षण गराउँदा यहाँका जेष्ठ नागरीकले धेरै लाभ लिएको ज्येष्ठ नागरिक समाज गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठले बताए । उक्त शिविरमार्फत ७० देखि माथिका १५१ जना ज्येष्ठ नागरिकले स्वास्थ्य सेवा लिएको उनले बताए । 


   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved