प्रधानमन्त्रीले देशप्रेम बिर्सेर कोरियासँग सम्झौता गरेको भिम रावलको आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2019 | 01:18:56 PM मा प्रकाशित

laxmi  sunrise bank

केही दिनअघि कोरियाको काङनाङ विद्यालयले त्रिभुवन विश्वविद्यालयसँग ५ वर्षका लागि शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने सम्झौता गरेकोप्रति सत्तारुढ दल नेकपाका नेता भिम रावलले आपत्ति जनाएका छन् । उनले सरकारले देश प्रेममा सघाउ पुर्याउने गरी पाठ्यक्रम निर्माण गर्ने व्यवस्था गरेपनि व्यवहारमा त्यस विपरित कोरियाली विवादास्पद विश्वविद्यालयलाई प्राथमिकता दिएको भन्दै कडा आलोचना गरे । उक्त विश्वविद्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि पनि प्रदान गरेको थियो ।

नेता रावलले अमेरिकी राजदूत र्याण्डी बेरीका गतिविधि कूटनीतिक मर्यादा विपरित रहेको भन्दै सरकारलाई रोक्न आग्रह गरेका छन् । राजदुत र्याण्डीले खुलेयाम कूटनीतिक मर्यादा विपरितका गतिविधि देखाउँदै हिडेपनि सरकारले रोक्न नसकेको भन्दै उनले आलोचना समेत गरेका छन् ।

अमेरिकी राजदूत बेरीले ‘राजदूतसँग गफगाफ’ कार्यक्रम सञ्चालन गर्नु कूटनीतिक मर्यादा विपरित भएपनि त्यसलाई सरकारले नियन्त्रण गर्न नसकेको उनको भनाई छ । सोमबार प्रतिनिधिसभा बैठकमा नेता रावलले भियना अभिसन्धि विपरित अमेरिकी राजदूत बेरीले सो कार्यक्रम सञ्चालन गर्दा पनि किन नियन्त्रण गर्न नसकेको ? भनि सरकारलाई प्रश्न गरे । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved