सलमानको सय करोड कमाउने चौधौँ फिल्म भारत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2019 | 11:17:51 AM मा प्रकाशित

laxmi  sunrise bank

जुुन ५ गतेदेखि प्रदर्शनमा आएको बलिउड सुपरस्टार सलमान खानको चलचित्र भारत सय करोड क्लबमा प्रबेश गरेको छ । सुरुवाति दिनबाटै आक्रमक ब्यापार गरेको भारतले चौथो दिनमा सय करोड क्लबमा प्रबेश गरेको हो ।

अलि अब्बास जफरले निर्देशन गरेको भारतले पहिलो दिन ४२ करोड ३० लाख, दोश्रो दिन ३१ करोड, तेश्रो दिन २२ करोड २० लाख र  चौथो दिन शनिबार २६ करोड ७० लाख भारु कलेक्सन गरेको छ । भारतले चार दिनमा १ अर्ब २२ करोड २० लाखको ग्रस कलेक्सन गरेको छ । सलमानको यो सहित १४ ओटा फिल्मले सय करोड माथिको कलेक्सन गरेका छन् ।

फिल्ममा सलमानका अलवा कट्रिना कैफ, सुनिल ग्रोबर, दिशा पटानि लगायतको भुमिका रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved