संसदमा कांग्रेसको अवरोध, प्रधानमन्त्रीलाई बोल्नै दिएनन (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2019 | 10:12:15 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबारको संसद बैठक अवरोध गरेको छ । बैठक सुरुहुना साथ सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न समय दिएका थिए ।

तर प्रधानमन्त्री रोस्टममा जानु भन्दा अगाडी नै नेपाली कांग्रेसका सांसदले उठेर बिरोध गरेका हुन् । प्रधानमन्त्री रोस्टममा पुगेपछि कांग्रेस सांसदहरुले रोस्टम घेराउ गर्दै प्रधानमन्त्रीलाई बोल्न नै दिएनन् । उनीहरुलाई संसदीय मर्यादा कायम राख्दै पहिले प्रतिपक्षी दललाई बोल्नको लागि समय माग गरेका थिए ।

कांग्रेसले नाराबाजी गरिरहँदा रोस्टममा पुगेका प्रधानमन्त्री भने चुपचाप हेरिरहे । नाराबाजी जारी रहेपछि सभामुखले बुधबारसम्मको लागि बैठक स्थगित गरेका छन्  । 

हेर्नुस भिडियो : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved