लोकतान्त्रिक पार्टीले अलोकतान्त्रिक चरित्र देखायो, यस्तो दुनियाँमा कहीँ हुन्छ ?’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2019 | 03:33:46 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाएका छन् । नौ दिने युरोप भ्रमणबाट फर्किएका ओलीले आज संसदमा सम्बोधन गर्न लाग्दा काङ्ग्रेसले विरोध गरेपछि बैठक नै स्थगित भएको थियो । 

त्यसपछि सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै ओलीले संसदमा बोल्न नपाएर पत्रकार सम्मेलन गर्नुपरेको भने होईन भने । सरकार पक्षलाई पहिले बोल्न पाउने व्यवस्थालाई वेवास्ता गर्दै संसदमा अति बामपन्थी र अति दक्षिणपन्थि चरित्र हाबी भएको बताए । 

सरकार देश बनाउने अभिभारा बोकेर हिडेको भन्दै ओलीले भने, ‘वर्तमान सरकार सामाजिक न्याय र समानतामा विश्वास गर्छ ।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved