कर्णालीमा खसेको जीप अझै भेटिएन, यी हुन बेपत्ता हुने १० जना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2019 | 06:37:00 AM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो

मंगलबार अपरान्ह कर्णाली नदीमा खसेको जीप अझै फेला पर्न सकेको छैन । खार्पुनाथ गाउँपालिका–५ बेणुबिसौना र कैलेबालु भन्ने स्थानको सडकबाट लु१ज ७१६६ नम्बरको महेन्द्र पिकअप गाडी कर्णाली नदीमा खसेर बेपत्ता भएको हो ।

दुर्घटनामा जीपमा सवार सबै १० जना बेपत्ता छन् । बेपत्ता हुनेमा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्दु शाही हमाल, उनका भाइ चन्द्र हमाल, गाडीका चालक मणि शाही, ढुक्कु भण्डारी नामले चिन्ने नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह रहेको प्रमाणित भएको खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीले बताए ।

यसैगरी खार्पुनाथ गाउँपालिका–१ काकौर कामी र उहाँको दुई वर्षको बालकसमेत बेपत्ता भएका छन् । दुर्घटनामा गाडीको वल्डिङ गर्न गएका एक जना मिस्त्रीसमेत परेका छन् तर उनको परिचय खुल्न सकेको छैन ।

लु१ज ७१६६ नंको जीप खार्पुनाथ गाउँपालिका बेडुबिसौना र कैलेवालुको खण्डमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । प्रहरीका अनुसार जीप कर्णाली नदीमा बेपत्ता भएको छ । हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जीपको खोजी भइरहेको जानकारी दिए । दुर्घटनास्थलमा चार वटा हेलिकप्टर खटिएको जानकारी प्राप्त भएको छ भने गाडी दुर्घटना क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल आर्मी खोजीमा परिचालित गरिएको सहायक प्रजिअ अमहेशकुमार पोखरेलले जानकारी दिए । अहिले गोताखोरको टोलीपनि घटना स्थल तर्फ गएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved