जब संसदमा घन्कियो ‘गलबन्दी ..............’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2019 | 02:31:47 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभाको सोमबारको बैठकमा अहिले निकै चर्चामा रहेको लोकगीत ‘गलबन्दी’को विषय उठेको छ । लय चोरेको भन्दै गलबन्दीका सर्जक प्रकाश सपुतविरुद्द मुद्दा लगाईएकोप्रति आक्रोशित हुँदै सांसदले दलित भएकै कारण सपुतमाथि मुद्दा हालिएको दाबी गरेका छन् । 

नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले जातीय द्वन्द्व भड्काउने काममा सरकार आफैँ लागेको आरोप लगाउँदै लगाए । ‘सरकार नै  जाति जाति र नागरिक नागरिकबीच नै द्वन्द्व गराउन चाहन्छ । प्रकाश सपुत र शान्ति सिंह परियारमा पनि जोडिएको कुरा अवगत गराउन चाहन्छु । सरकारको गम्भीर ध्यानाकर्षण होस्,’ उनले भने । 

‘गलबन्दी च्यातियो तिमीले तानेर’ भन्ने गीत गाउने गायक प्रकाश सपुत र शान्तिश्री परियारमाथि जातीय भेदभावको दृष्टिकोणले अपमानित गर्ने र मुद्दा लगाउने काम भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।

सत्तारुढ दलकै भ्रातृ संस्थामा आबद्ध शम्भु राईले आफ्नो लय नक्कल गरेको भनी मुद्दा हालेको प्रसंग उल्ल्लेख गर्दे सांसद विश्वकर्माले गाउँघरमा गाईने भाका नै लोकभाका भएको भन्दै सामान्य कलाकारले मन छुने गरी प्रस्तुत गरेको गीतमा नक्कल भयो भनी मुद्दा हाल्नु लज्जास्पद भएको टिप्पणी गरे ।

उनले प्रकाश सपुतविरुद्ध मुद्दा हाल्ने र सामाजिक सञ्जालमा जातीय द्वन्द निम्तिने किसिमका शब्द प्रयोग गरी गालीगलौज गर्नेलाई कारबाही नगरे सिंगो दलित समुदाय अन्दोलनमा उत्रिने चेतावनी पनि दिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved