साझा यातायातमा प्रदेश ३ को ३० करोड सेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2019 | 12:15:14 PM मा प्रकाशित

laxmi  sunrise bank

विद्युतीय बस खरिदका लागि ३ नम्बर प्रदेश सरकारले ३० करोड रुपैयाँ विनियोजन गरेको छ । साझा यातायातमार्फत बिजुली बस किन्न प्रदेश सरकारले बजेट छ्ट्याएको हो । साझा सहकारीमार्फत सञ्चालित साझा यातायातसँग मिलेर विद्युतीय बस सञ्चालन गर्न ३ नम्बर प्रदेश सरकारले उक्त रकम साझालाई नै दिएको हो । 

प्रदेश सरकारले उक्त रकम साझामा सेयरको रुपमा हालेको हो । सो रकम बराबरको चेक ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलासप्रसाद ढुङेलले साझाका अध्यक्ष कनकमणि दिक्षितलाई हस्तान्तरण गरेका हुन् । 

साझा सहकारीमा ललितपुर महानगरपालिकाले पनि २ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ । ललितपुर महानगरले पनि बिजुली बस सञ्चालनकै लागि लगानी गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved