भारतले बढायो नेपाललाई दिने अनुदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2019 | 05:13:23 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको पहिलो बजेट शुक्रबार भाषण भएको छ । उत्तः बजेटमार्फत भारतले नेपाललाई दिदैं आएको अनुदान ४ अर्ब ८० करोड रुपैयाँले बढाएको छ । लोकसभामा भारतीय अर्थमन्त्री निर्मला सीतारमणले प्रस्तुत गरेको बजेटमा नेपालका लागि १६ अर्ब ८० करोड नेपाली रुपैयाँ (भारतीय रुपैयाँ १० अर्ब ५० करोड) विनियोजन गरिएको छ ।

गत फेब्रअरीमा मोदी सरकारले घोषणा गरेको अन्तरिम चुनावी बजेटमा नेपालका लागि नेपाली रुपैयाँ १२ अर्ब ८० करोड (भारतीय रुपैयाँ ७ अर्ब ५० करोड) विनियोजन गरेको थियो । छिमेकी देशलाई दिदैं आएको अनुदान धेरै पाउने सूचीमा नेपाल तेस्रो स्थानमा पर्छ ।

भुटानका लागि भारतले सबैभन्दा धेरै २१ अर्ब ३५ करोड भारतीय रुपैयाँ दिने बजेटमा उल्लेख गरेको छ । यस्तै मौरिससलाई १७ अर्ब ६ करोड अनुदान दिने बजेटमा भनिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved