बाँध भत्काएर बस्तीमा पस्यो बाढी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2019 | 06:23:09 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबारदेखि लगातार परेको वर्षाले सप्तरीको खाँडो खोलामा बाढी आउँदा तिलाठी कोइलाडी गाउँपालिका–१ मा बनाइएको बाँध दुई ठाउँमा भत्किएको छ ।

तिलाठीका गाउँ बस्ती जोगाउन बनाइएको बाँध दुई ठाउँमा पाँच÷पाँच फिट भत्किएर बाढी बस्तीमा पसेको वडा नम्बर १ का अध्यक्ष दिनेश्वर मिश्रले बताए । बस्तीमा पानी पसेर पाँच घर डुबानमा परेका छन् । दिउँसो वर्षा रोकिएपछि पानीको बहाब कम भई बस्तीमा पसेको पानी समेत कम भएको स्थानीय खोजेन्द्र मिश्रले जानकारी दिए ।

कटान भएको बाँध मर्मत सम्भारका लागि गाउँपालिकाले ३०० बोरा र दुई वटा जाली उपलब्ध गराएको स्थानीय राजेश झाले जानकारी दिए । स्थानीयवासी र प्रहरी कटान भएको बाँधको मर्मत सम्भारमा जुटेकाले अहिले खतरामुक्त रहेको उनले बताए ।

यस्तै हनुमाननगर कंकालिनी नगरपालिकाका दुई वटा वडा जलमग्न भएका छन् । राजविराज नगरपालिकाको वडा नं. १, ९ र १० का साथै विभिन्न गाउँ जलमग्न भएका छन् । असार मसान्तमा बाटो मर्मतका लागि माटो राखिएकाले वर्षापछि सिरहा सडक, कुनौली सडक र कञ्चनरुप सडक हिलाम्मे भएर आवतजावतमा कठिनाइ भएको स्थानीय घनश्याम झाले बताए ।

वर्षा शुरु भएकाले सम्भावित बाढीबाट जोगिन प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आग्रह गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved