दुहुना भैँसी पाल्ने किसानलाई एक लाख अनुदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2019 | 09:18:03 AM मा प्रकाशित

laxmi  sunrise bank

चितवनको इच्छाकामना गाउँपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई रु एक लाख अनुदान वितरण गरेको छ । बिहीबार पालिकाको अध्यक्ष गीताकुमारी गुरुङले तीन दुहुना भैँसी पाल्ने आठ कृषकलाई जनही रु एक लाखको चेक हस्तान्तरण गरेकि हुन् । 

आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रमअनुसार उक्त रकम वितरण गरिएको अध्यक्ष गुरुङले बताइन् । किसानलाई व्यावसायिक बनाउन र कृषि पेशातर्फ आकर्षित गर्नका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । साथैँ गाउँपालिकाले बिहीबार नै युवा लक्षित व्यावसायिक तरकारी तथा फलफूल खेतीतर्फ आठलाई जनही रु एक लाखका दरले अनुदान हस्तान्तरण गरेको छ ।

गाउँपालिकाले बाख्राखोर सुधारका लागि २० जनालाई जनही रु २५ हजार, व्याड बोकाका लागि २० लाई जनही रु ४० हजार र बङ्गुरपालनतर्फ दुई किसानलाई पनि जनही रु २५ हजारको चेक हस्तान्तरण गरिएको थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved