कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2019 | 01:27:30 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डले भदौ २२ र २३ गते परीक्षा हुने जनाएको छ । भदौ २२ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । अंग्रेजी बाहेक अन्य एउटा मात्रै विषयको ग्रेड सुधार गर्न चाहे सो परीक्षा पनि २२ गते नै सञ्चालन हुने परीक्षा बोर्डले जनाएको छ ।

२ ओटा विषयको परीक्षा दिने विद्यार्थीका लागि भने पहिलो दिन भदौ २२ मा सानो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ । २३ गते ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुने छ । ग्रेड वृद्धिको परीक्षा दिन चाहाने विद्यार्थीले भदौ ५ गतेसम्म परिक्षा आबेदन भरि सक्नुपर्ने  छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved