नेपाल निर्माण व्यवसायी संगठन रामेछापको संयोजकमा राम कुमार पाण्डे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2019 | 08:47:43 AM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट निर्माण व्यवसायीको एकता घोषणा सम्पन्न भएको छ । नेपाल निर्माण व्यवसायी संगठन रामेछापको एकता घोषणा सकिएको हो । 

नेकपाका केन्द्रीय सदस्य एवम् रामेछाप जिल्ला इन्चार्ज देवशंकर पौडेलको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य एवम् प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल र केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य श्याम कुमार श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न भेलाले राम कुमार पाण्डेको संयोजकत्वमा निर्माण व्यवसायीको एकता सम्पन्न गरेको हो । संगठनको सह–संयोजकमा केदार श्रेष्ठ, सचिवमा मित्रलाल श्रेष्ठ र कोषाध्यक्षमा कुमार ढुंगेल चयन भएका छन् । 

बाँकी सदस्य पार्टीको सल्लाह अनुसार जिल्लामा छलफल गरि चयन गरिने संयोजक पाण्डेले जानकारी दिए । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएपछि जनवर्गीय संगठनको पनि एकता हुने क्रम बढिरहेको छ । यसैबीचमा निर्माण व्यवसायीको पनि एकता गरिएको र बाँकी दिनमा निर्माण व्यवसायलाई सम्मानित पेशा र व्यवसायको दर्जा दिलाउने गरि आफ्नो नेतृत्वले काम गर्ने संयोजक पाण्डेले बताए । 

संगठनको ३ नम्बर प्रदेश सदस्य रोज ग्यापकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन ३ नम्बर प्रदेश सदस्य राजेश श्रेष्ठले गरेका थिए । कार्यक्रमका अतिथिहरुले निर्माण कार्यलाई समयमै सम्पन्न गर्न र दिगो संरचना निर्माणमा व्यवसायीले ध्यान दिनुपर्ने भन्दै संगठनलाई त्यतातर्फ पनि सचेत रहन गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved