विज्ञापन कर बुझाउन महानगरको ३५ दिने सूचना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2019 | 02:15:15 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं महानगरपालिकाले ३५ दिनभित्र विज्ञापन कर बुझाउन सूचना जारी गरेको छ । महानगरपालिकाको विज्ञापन बोर्ड तथा प्रचार सामाग्री नियमन नीति २०७० अनुसार नगरभित्र प्रयोग हुने सबै खालको विज्ञापनको कर बुझाउन महानगरपालिकाले ३५ दिनको म्याद दिएको छ ।

काठमाडौं महानगरपालिकाभित्र स्वीकृत मापदण्डभित्र रहेका व्यावसायिक विज्ञापन सामाग्री, फ्लेक्स बोर्ड, होर्डिङ बोर्ड, नियोन साइन, डिजिटल बोर्ड, विज्ञापन तथा प्रचार सामाग्रीको कर बुझाउन महानगरले सूचना मार्फत आग्रह गरेको छ ।

तोकिएको समय सिमाभित्र विज्ञापन कर नबुझाए मापदण्ड बाहेकका विज्ञापन सामाग्री हटाइने र सो सामाग्री हटाउन लाग्ने शुल्क सम्बन्धित संस्था वा व्यक्तिबाट असुल उपर गरिने महानगरले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved