नेपाल विद्युत प्राधिकरण संघीय संरचनामा, कुन कार्यालय कहाँ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2019 | 01:26:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले देशभरका कार्यालय समायोजन गरेको छ । प्राधिकरणले वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गतका क्षेत्रीय कार्यालयहरु र वितरण केन्द्रहरुलाई प्रदेशमा समायोजन गरेको हो । 

७ वटै प्रदेशमा वितरण तथा ग्राहक सेवाका प्रादेशिक कार्यालय रहने छन् । यसअघि क्षेत्रीय कार्यालयको रुपमा रहेका हैटौडा र नेपालगंजलाई प्रदेश नम्बर तीन र पाँचको डिभिजन कार्यालय बनाईएको छ । प्रदेश नम्बर १ को प्रदेशिक कार्यालय, विराटनगर अन्तर्गत २४ वितरण केन्द्रहरु रहेका छन् । यसअघि जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गत रहेका उदयपुर, ओखलढुंगा र दिक्तेल वितरण केन्द्रलाई १ नम्बर प्रादेशिक कार्यालयमा समायोजन गरिएको छ ।

प्रदेश नम्बर २ को प्रादेशिक कार्यालय जनकपुरअन्तर्गत २३ वितरण केन्द्रहरु रहेका छन् । यसअघि हेटौडा क्षेत्रीय कार्यालयअन्तर्गत रहेका वीरगञ्ज, सिमरा, कलैया, गौर, चन्द्रनिगाहापुर र पोखरिया वितरण केन्द्रलाई २ नम्बर प्रादेशिक कार्यालयमा समायोजन गरिएको छ ।

प्रदेश नम्बर ३ काठमाण्डौ प्रादेशिक कार्यालय र हेटौडा डिभिजन कार्यालय अन्तर्गत क्रमशः २० र ६ वितरण केन्द्र राखिएको छ । यसअघि जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गत रहेको सिन्धुली वितरण केन्द्रलाई हेटौडा डिभिजन कार्यालय अन्तर्गत रहने व्यवस्था गरिएको छ ।

गण्डकी प्रादेशिक कार्यालयअन्तर्गत १३ वटा वितरण केन्द्रहरु रहने छन् । यसअघि बुटवल क्षेत्रीय कार्यालय मातहतमा रहेको कावासोती वितरण केन्द्रलाई गण्डकी प्रादेशिक कार्यालयअन्तर्गत रहने व्यवस्था गरिएको छ ।

प्रदेश नम्बर ५को बुटवल प्रादेशिक र नेपालगञ्ज प्रदेश डिभिजन कार्यालयअन्तर्गत क्रमशः ११ र १० वितरण केन्द्रहरु रहने छन् । कर्णालीको सुर्खेत र सदूर पश्चिमको अत्तरिया  प्रादेशिक कार्यालयअन्तर्गत क्रमशः १० र १२ वितरण केन्द्रहरु छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved