नेपाल र खनालको वरियता नमिल्दा नेकपाको सचिवालय बैठक स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2019 | 01:49:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । पार्टी एकतालाई पुर्णता दिन शनिबार अपरान्ह ४ बजे बोलाइएको बैठक आवश्यक तयारी नपुगेको भन्दै स्थगित भएको हो ।

शुक्रबार बसेको बैठकले पार्टीको केन्द्रीय बिभागको नेतृत्व टुंगो लगाएको थियो । शनिबार पनि बैठक बसेर एकताका बाँकी काम टुंग्याउने बताईएको थियो । महासचिव बिष्णु पौडेलका अनुसार बैठक भोली आइतबार बस्नेछ । 

भोलीको बैठकमा जनवर्गीय संगठनको इन्चार्ज तोक्ने, प्रदेश कमिटी स्तरीय बिशेष कमिटी गठन गरिने, बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालको वरीयता स्पष्ट गर्ने लगायतका एजेण्डा छन् । एक केन्द्रीय नेताका अनुसार पार्टीको एकता लगभग सकिएपनि नेता नेपाल र खनालको बरियातामा अध्यक्ष द्वयबीच पर्याप्त छलफल नभएपछि शनिबारको बैठक स्थगित भएको हो । भोली बैठक बस्नुअघि दुवै अध्यक्षले नेपाल र खनालको बरियाताबारे छुट्टै छलफल गर्ने र त्यसपछि मात्रै बैठक बस्ने बताईएको छ । 

आइतबार बस्ने बैठकको समय भने तय भईसकेको छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved