अन्य उत्सवभन्दा संविधान दिवश बढी महत्वपूर्णः प्रधानमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2019 | 10:28:58 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको संविधान’समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्ने दस्तावेज भएको बताएका छन् । “संविधानले नेपालको गौरवपूर्ण परम्परा र समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई समेटेको छ” प्रधानमन्त्रीले भने ।

संविधान दिवश/राष्ट्रिय दिवश मूल समारोह समितिको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान ल्याउनका लागि अग्रजहरुको संघर्ष र  बलिदानको महत्वपूर्ण योगदान रहेको चर्चा गरे । “जीउ ज्यानको मात्र बलिदानी हैन अन्य थुप्रै प्रकारका बलिदानीको योग हो संविधान” प्रधानमन्त्री ओलीले भने, “हामीले कष्टपूर्ण दिन बिताएर र अनेक अवरोध छिचोलेर यो संविधान प्राप्त गरेका हौं । त्यसकारण यसको संरक्षण कार्यन्वयन गर्ने जिम्मा हाम्रो हो ।”

प्रधानमन्त्री ओलीले संविधान दिवश नेपाली जनताको उत्सवको दिवश भएकोले यसलाई राष्ट्रिय दिवशको रुपमा समेत मनाइएको बताए । उनले संविधान दिवश नेपालका अन्य दिवश र उत्सवभन्दा कयौ गुणा बढी महत्वको उत्सव भएको बताए ।

संविधान सभाबाट २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved