भारतले नेपाललाई दियो २ अर्ब ४५ करोड, कहाँ हुन्छ खर्च ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2019 | 06:35:36 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतले नेपाललाई २ अर्ब ४५ करोड रुपैयाँ प्रदान गरेको छ । भूकम्प पछिको पुनर्निर्माणको लागि भारतले उक्त रकम प्रदान गरेको हो । 

नेपाल भारत संयुक्त आयोगको बैठकमा भारतीय राजदूत मञ्जिवसिंह पुरीले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपैयाँको चेक हस्तन्तरण गरेका हुन् । यो रकम नुवाकोट र गोरखाका घरहरु पुनर्निर्माणमा खर्च हुनेछ । 

यस्तै नेपाल भारत बीच खाद्य बस्तु तथा तरकारी लगायतका बस्तुहरुको उत्पत्ति प्रमाणपत्र र गुणस्तर प्रमाणपत्र र स्वच्छता प्रमाणपत्र दुवै देशमा मान्य हुने सम्झौता भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved