टुंगियो रोयल्टी बाँडफांड, ३ अर्ब मध्ये कसले कति पाउने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2019 | 04:17:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारलाई गत आर्थिक वर्षमा सबैभन्दा धेरै रोयल्टी विद्युतबाट प्राप्त भएको छ । शुक्रबार अर्थमन्त्रालयमा आयोजित प्राकृतिक स्रोत तथा वित्त ब्यवस्थापन आयोगको बैठकमा यस्तो जानकारी गराईएको हो ।

कार्यक्रममा आयोगका तत्कालिन सचिव (हाल सरुवा भएका) बैकुठ अर्यालले सरकारलाई विद्युत बाट २ अर्ब ९९ करोड ४८ लाख रोयल्टी प्राप्त भएको बताए । विद्युतबाट प्रात्प रोयल्टीबाट प्रदेश र स्थानीय तहले समान १५ करोड ४५ लाख प्राप्त गर्ने उनले जानकारि दिए । यस्तै संरक्षित क्षेत्रबाट ६८ करोड ११ लाख, राष्ट्रिय वनबाट ८४ करोड २५ लाख, पर्वत आरोहणबाट ६७ करोड ४७ लाख र खानिबाट ६१ करोड ८१ लाख रोयल्टी प्राप्त भएको उनले जानकारि दिए ।

खानिबाट प्राप्त रोयल्टीमध्ये सबैभन्दा बढी प्रदेश ५ ले र स्थानीय तहमा पाल्पाको निम्दी गाउँपालिकाले पाउने भएको छ । यो रोयल्टी प्रदेश २ ले भने नपाउने उनले जानकारि दिए । हाल नेपालमा रोयल्टी तिर्ने ८४ वटा खानी रहेका छन् । संरक्षीत क्षेत्रबाट प्राप्त हुने रोयल्टीमा प्रदेशमा सबैभन्दा धेरै प्रदेश ३ र स्थानीय तहमा खुम्बु पासाङ ल्हामु गाउँपालिकाले प्राप्त गर्नेछ । यो रोयल्टी पनि प्रदेश २ ले प्राप्त गर्नेछैन ।

यस्तै राष्ट्रिय वनमा सबैभन्दा बढी सबैभन्दा बढी प्रदेशतर्फ सुदुरपश्चिम प्रदेश र गाउँपालिका तर्फ कैलालीको गोदावरी गाउँपालिकाले प्राप्त गर्नेछ । विद्युतमा सबैभन्दा बढी प्रदेश ३ र दोलखाको तामाकोशि गाउँपालीकाले प्राप्त गर्नेछन् । पर्वतारोहणमा सबैभन्दा बढी प्रदेश एक र स्थानीय तहमा खुम्बु पासाङ ल्हामु गाउँपालिकाले प्राप्त गर्ने उनले जानकारि दिए ।

समग्रमा सबैभन्दा धेरै प्रदेश ३ ले २३ करोड ५९ लाख प्राप्त गर्नेछ भने सबैभन्दा कम प्रदेश २ ले १ करोड ३६ लाख रुपैया रोयल्टी प्राप्त गर्ने उनले जानकारि दिए । प्रदेश नम्बर २ ले बनको रोयल्टी मात्र पाउने भएकोले रकम भएको उनले बताए ।

प्रदेशले प्राप्त गर्ने कुल रोयल्टी :
खानीबाट प्राप्त गर्ने रोयल्टी : 

संरक्षित क्षेत्रबाट प्राप्त हुने रोयल्टी : 

वन क्षेत्रबाट प्राप्त हुने रोयल्टी : 

पर्वतारोहण तर्फको रोयल्टी : 

विद्युतबाट पाप्त हुने रोयल्टी: 







Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved