सबै नेपालीलाई ’अर्गानीक तरकारी’ खुवाउने गोल्यानको योजना, विदेशमा पनि ’माटो’ ब्राण्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2019 | 04:20:01 PM मा प्रकाशित

laxmi  sunrise bank

उत्पादन र निर्यात क्षेत्रमा लगानी गरिरहेको गोल्यान समुहले कृषि उपजको अगार्निक ब्राण्ड माटो बजारमा ल्याएको छ । आइतबार एक औपचारिक कार्यक्रम गरेर समुहले आफ्नो उत्पादन सार्वजनिक गरेको हो ।

आफ्नै अगार्निक फर्म सहित अन्य उत्पादित अगार्निक कृषि उपजलाई विचौलिया विना नै बजारमा पुर्याउन गोल्यान समुहले उक्त कार्य सुरु गरेको समुहका अध्यक्ष पवन गोल्यानले बताए। गोल्यान समुह अन्तर्गतको गोल्यान एग्रो कम्पनीले सुरु गरेको माटो ब्रान्डको प्रमुख उदेश्य कृषिजन्य उपको आयात घटाई ब्यापार घाटा कम गराउनु रहेको कम्पनीले जनाएको छ । कम्पनीले बजार मुल्य भन्दा भन्दा बढीमा खरिद गरेर ब्राण्डको लागि नोक्सानी सहँदै बजार मुल्यमा नै कृषि उपज विक्रि गरिरहेको समुहका अध्यक्ष गोल्यानले जानकारी दिए । 

कम्पनीले यहि आर्थिक वर्षमा नै स्टोवेरी कीवी, कुरिलो, ओखर र  स्याउ लगायत हिमाली क्षेत्रमा उत्पादन हुने अगार्निक फलफुललाई ब्रान्डीङ गरेर विक्रिमा ल्याउने तथा नेपालको माग भन्दा बढी भएमा निर्यात पनि गर्न जनाएको छ । तरकारी लगायतका अन्य उत्पादनको निर्यातको लागि अगार्नीक प्रमाणीकण हुनुपर्ने भन्दै त्यसको लागि २÷३ वर्ष लाग्ने तर पहाडी भेगमा उत्पादन भएका फलफुल अगानीक नै भएकोले त्यसलाई चालु आर्थिक वर्षबाट नै निर्यात गर्न सकिने उनको भनाई छ । 

हामीले आफुले नै ठुलो मात्रमा स्टोबेरि खेति लगाएका छौ । उनले भने ‘अवको केही समयमा नै ठुलो मात्रमा त्यसको उत्पादन हुन्छ । हाम्रो प्रमुख उदेश्य भनेको अहीले बजारमा १००० रुपैयाँ प्रतिकेजी रहेको स्टाबेरी उपभोत्ताले ५०० रुपैयाँमा पाउन र नेपालमा बढी भएको उत्पादन भारत चिन बंगलादेश र गल्फ मुलुकसम्म पठाउन सकियोस भन्ने हो ।’ यसले बजारमा रहेको अस्वभाविक मुल्य वृछि र उत्पादन खेर जाने अवस्थालाई कही हदसम्म मात्र भएपनि  नियन्त्रण गर्ने उनको भनाई छ । 

यसमा विचौलाको ठुलो चुनौति रहेको तर त्यसबाट पछि हटनु भन्दा पनि डटेर सामना गर्नुपर्ने उनको भनाई छ । कृषिको उत्पादन वढाउन युवालाई खेतबारीमा पठाउनुपर्ने र त्यसको लागि कृषको उत्पादनले बजार पाउँछ भन्ने विस्वास सिर्जन गर्नसक्नुपर्ने उनको भनाई छ । कम्पनीले हाल आफ्नो फार्म र जोडीएका कृषकको साथै देशभरीका साना किसान सहकारिबाट पनि अगार्निक कृषि उपज संकलन गरिरहेको उनको भनाई छ । यसलाई अझै बृहत बनाउँदै लैजाने कम्पनीले जनाएको छ । झापामा करिब १ महिना अघिबाट सुरु भएको माटो ब्राण्ड काडमाडौंमा गत साता बाट मात्र सुरु गरेको हो । 

कम्पनिले आफ्नो फार्म र माटो ब्राण्डको लागि २ अर्ब भन्दा बढी लगानी गर्ने र त्यसको फाइनान्सिङ कुमारी बैंकले गरिरहेको पनि उनले जानकारि दिए । कम्पनीले झापामा आफैले् २०० विघा जग्गामा अगार्निक फार्म समेत संचालन गरेको छ । कम्पनीले ब्रान्डीङ गरेका बस्तुहरु सतप्रतिशत अगार्नीक र फ्रेस तथा अन्य तरकारिकै बजार बजार मुल्यमा पाउन सकिने बताइएको छ । 

काठमाडौंका भाटभोटिनी सुपर मार्केट विग मार्ट तथा सेल्सवेरीहरुमा माटो ब्राण्डको तरकारी पाउन सकिने र यसको बजारीकरणलाई थप विस्तार हुने कम्पनीका प्रवन्ध निर्देशक ललिता गोल्यानले बताइन । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved