नेकपा नेता कार्यकर्ताले अन्य सदस्यको आलोचना गर्न नपाउने, केन्द्रिय कमिटिमा ४ थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2019 | 12:48:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को अध्यक्षतामा पहिलो पटक बसेको सचिवालय बैठकले दुई महत्त्वपूर्ण निर्णय गरेको छ। 

बैठकले नेकपाका नेतादेखि कार्यकर्तासम्मलाई पार्टी र नेताको बिषयमा सार्वजनिक आलोचनामा प्रतिवन्ध लगाएको छ। पार्टी नेता कार्यकर्ता आफूभित्रकै नेता कार्यकर्तामाथि जाइलाग्न थालेको निश्कर्षसहित सार्वजनिक टिकाटिप्पणीमा प्रतिबन्ध लगाइएको हो।

‘हाम्रो पार्टीको नेतादेखि तल्लो तहका कार्यकर्तासम्मका कमरेडहरुको पार्टीका नेता वा कार्यकर्ताको बारेमा कुनै कुरा ब्यक्तिगत रुपमा उठाउनु परेमा पार्टीभित्र प्रक्रियासम्मत ढंगले उठाउनु पर्नेछ । यसलाई सार्वजनिक रुपमा गएमा स्पष्टिकरण प्रक्रिया अगाडि बढाउँदै कार्वाही गर्ने निर्णय बैठकले गरेको छ,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने। उनले बैठकले केही जिल्लाको इञ्चाज हेरफेर तथा सहइञ्चार्ज थपघट गर्ने निर्णय बैठकले गरेको जानकारी पनि दिए। आजको बैठकले निर्देशिकासहित अर्काे बैठकबाट प्रवास कमिटीको निर्णय लिने सहमति गरेको छ । 

यस्तै बरिष्ठ नेता झलनाथ खनाल प्रमुख रहेको नीति अध्ययन प्रतिष्ठानको उपप्रमुखमा प्रमेश हमाललाई तोकेको छ । यस्तै बिदेश बिभागको उपप्रमुखमा बिष्णु रिजाललाई थप गरेको छ ।

बैठकले पार्टी एकता प्रक्रियापछि आएका चार जनालाई केन्द्रीय कमिटी सदस्यमा थप गरेको छ । यसरी थप हुनेमा देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राई छन।  बैठकले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved