निर्मला हत्या प्रकरणमा तानिए रबी, पर्यो अर्को उजुरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2019 | 03:40:12 PM मा प्रकाशित

laxmi  sunrise bank

टेलिभिजन कार्यक्रम प्रस्तोता रबी लामिछानेविरुद्ध कञ्चनपुर जिल्ला अदालतमा उजुरी दर्ता भएको छ । रबीसँगै न्यूज २४ टेलिभिजन र १३ वर्षीय बालिका निर्मला पन्तको बलत्कारपछि हत्या प्रकरणमा सिआइबीका निलम्बित प्रहरी नायव उपरीक्षक अंगुर जिसीविरुद्ध उजुरी दर्ता भएको हो ।

उनीहरु विरुद्ध दिलिप सिंह विष्टका दाजु खड्क विष्टले निवेदन दर्ता गरेका हुन् । निर्मला पन्त हत्या प्रकरणको अंगुर जिसी नेतृत्वको अनुसन्धानमा खटिएको टोलीले निर्मलाको बलात्कार र हत्यामा दिलिप सिंह विष्ट नै दोषी रहेको देखाएको थियो । 

तर मुद्धाको अनुसन्धान जारी रहेको बेला रबीले जिसीलाई टेलिभिजनमा ल्याएर सिधा कुरा जनतासँग कार्यक्रममा दिलिप सिंह विष्ट नै दोषी रहेको बकाउन लगाएको भन्दै उजुरी परेको हो । 

रबीले कार्यक्रममा निर्मला पन्त घटनाबारे मुद्धा चलिरहेकै अवस्थामा बर्खास्तमा परेका जिसीको अन्तर्वार्ता लिएर अदालतको मानहानी गरेको भन्दै निवेदन दर्ता भएको जिल्ला अदालत कञ्चनपुरका श्रेष्तदार हरिकृष्ण अवस्थीले जानकारी दिए । सुदूरपश्चिम प्रदेशमा आइतबार सार्वजनिक विदा परेकोले सोमबार निवेदन न्यायाधिससमक्ष पेश हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved