पैसा चोर्ने चिनियाँ गिरोहबाट कार्ड छाप्ने मेशिन सहित ६ देशका मुद्रा बरामद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2019 | 01:25:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा आएर एटिएमबाट पैसा चोर्ने ५ चिनियाँ नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ । शनिबार मध्यरातमा दरबारमार्गस्थित नबिल बैंकको एटिएमबाट पैसा निकाल्दा निकाल्दै पक्राउ परेका उनीहरुलाई प्रहरीले आइतबार दिउँसो सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङयिङ, ४० वर्षका लु जियालिङ र २९ वर्षका लिन जिनमिङ रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट कार्ड छाप्ने मसं सहित विभिन्न ६ देशको मुद्रा बरामद गरेको छ । प्रहरीले उनीहरुसंग बाट नेपाली मुद्रा १ करोड २६ लाख २९ हजार ४५ , अमेरिकन डलर ९ हजार १ सय ८, चाइनिज मुद्रा ११ सय ९१, युरो २ सय ५०, कम्बोडियन ५ हजार, र   हङकङ डलर ८०,बरामद गरेको छ ।  त्यस्तै प्रहरीले १३२ थान नक्कली भिषा कार्ड, १७ थान सक्कली भिषा कार्ड, एउटा कार्ड छाप्ने प्रिन्टर, ६ वटा मोबाइल, एउटा ल्यापटप र एउटा पेन ड्राइभ बरामद गरेको छ।   

प्रहरीका अनुसार सो समुहका ३ जना अझै फरार छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved