सरकारले सर्वसाधारणको व्यक्तिगत गोपनियता हुने विवरण निजि लगानीका कम्पनीलाई उपलब्ध गराउनुपर्ने गरि सम्पति शुद्दिकरण सम्बन्धी नयाँ निर्देशिका ल्याउने तयारी गरेको छ।
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्टारको कार्यालयले तयार पारेको उक्त मस्यौदामा १० लाख भन्दा माथिको बस्तु तथा सेवा किन्ने ग्राहकले आफ्नो तिन पुस्ते विवरण सम्बन्धित निजि कम्पनीलाई दिनुपर्ने व्यवस्था गरेको छ।
आगामी असोज १ देखि कार्यन्व्यनमा आउन लागेको उक्त निर्देशिकामा कुनै पनि कम्पनीले आफुसंग कारोबार गर्ने व्यक्ति वा संस्थाको पहिचान (केवाईसी) राख्नुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै दश लाख भन्दा माथिको कारोबार गर्ने व्यक्तिको तिन पुस्ते विवरण सम्बन्धित कम्पनीले राख्नुपर्ने हुन्छ। यो व्यवस्थाले सबैभन्दा बढी गाडी कारोबार, ठूला डिलर र होलसेलर प्रभावित पर्ने देखिएको छ।
दश लाख भन्दा माथिको सामान किन्ने क्रेताले बिक्रेतालाई आफ्नो नाम, जन्ममिति, ठेगाना, दर्ता मिति, नागरिकता प्रमाणपत्र नम्बर, आमा बुवा र बाजेको नाम, बैबाहिक स्थिति, पेशा आय विवरण, स्थायी लेखा नम्बर, अस्थायी ठेगाना, मतदाता परिचयपत्र नम्बर, मतदानस्थल लगायतका विवरण खुलाउनुपर्ने हुन्छ।