लगानी र विकासको लागि नेपाल जवान अवस्थामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2019 | 01:08:44 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराइले लगानी र विकासको लागि नेपाल जवानी अवस्थामा रहेको बताएका छन। काठमाण्डौमा आजदेखि सुरु भएको पूर्वाधार सम्मेलनमा बोल्दै मन्त्री भट्टराइले दुई तिहाईको सरकार भएको बेला पूर्वाधारको विकास र त्यसमा लगानीको लागि नेपाल जवानी अवस्थामा भएको बताए। 

दुई ठुला र बिकसित मुलुकको बीचमा रहेको नेपालले त्यसको लाभ उठाउदै पूर्वाधार क्षेत्रको विकासमा केन्द्रित हुनुपर्ने बताए। दुई तिहाईको स्थायी सरकार भएको अहिलेको नेपालको समय बैदेशिक लगानीका लागि उत्कृष्ट भएको मन्त्री भट्टराइले बताए। 

मन्त्री भट्टराइले निजगढ विमानस्थल पांच बर्ष भित्र बन्ने भन्दै लुम्बिनी विमानस्थल सन २०२० र पोखरा विमानस्थल सन २०२१ मा सम्पन्न हुने दाबि गरे। त्यस्तै त्रिभुवन विमानस्थलको स्तरोन्नतिपछि नेपाल भित्रको दैनिक अन्तराष्ट्रिय उडानमा उल्लेख्य प्रगति भएको भन्दै उनले भने, 'स्तरोन्नतिपछि दैनिक २९ कम्पनीका ५५ उडान भईरहेका छन, अहिले पनि थप ३०-३५ उडानको क्षमता छ।' 

मन्त्री भट्टराइले छिमेकी लगायत बिश्वका देशमा उडान भर्ने यात्रुको संख्या बर्षेनी ७-८ प्रतिशतले बढिरहँदा नेपालमा भने १२ प्रतिशतले बढेको तथ्यांक प्रस्तुत गरेका छन। नेपालको एक मंत्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थललाई ट्रान्जिट हबको रुपमा समेत निर्माण गर्न सकिने भन्दै त्यहि अनुसारको काम अघि बढेको मन्त्री भट्टराइले बताए। 

नेपालको उडान क्षेत्रको विकास भैरहेको दाबी गर्दै मन्त्री भट्टराइले आइकाओले नेपाललाई ६६.५ अंक दिएको र युरोपियन युनियनबाट नेपालको आकाश छिट्टै कालोसुचीबाट हट्ने दाबि बताए।      


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved