युवालाई व्यवसाय गर्न बिउ पूँजी दिँदै सरकार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2019 | 11:45:07 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले व्यवसाय गर्न चाहाने युवालाई सुरुवाती ऋण (बिउ पूँजी) दिने भएको छ । अर्थमन्त्रालयले ‘सुरुवाती कोष निर्देशिका २०७६’ बाट नयाँ व्यवसाय गर्ने युवालाई ऋण दिने तयारी थालेको हो । 

मन्त्रालयले व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ को दफा ४५ अनुसार तयार पारेको निर्देशिका मन्त्रिपरिषद्मा पेश गरिने तयारी भईरहेको छ । मन्त्रालयले विभिन्न १७ दफाा सहितको निर्देशिका तयार पारिसकेको छ । 

कोषमा विभिन्न ५ निकायबाट प्राप्त हुनेछ । सरकार, गैर आवासीय नेपाली, अर्थमन्त्रालयको स्वीकृतिमा विदेशी सरकार, अन्तराष्ट्रिय संघ संस्था वा व्यक्ति र अरु स्रोतबाट प्राप्त रकम गरि ५ वटा निकायबाट आएको रकम कोषमा जम्मा हुनेछ ।  

कोषमा कृषि, उर्जा, सूचना प्रविधि, साना तथा मध्यम व्यवसायी र नयाँ सोच विचार भएका व्यक्ति तथा संस्थाहरुलाई प्रस्ताव आव्हान गर्न सक्ने प्रावधान छ । यसरी आएका प्रस्तावहरुको संयोजक, दुई जना विषय विज्ञ र मन्त्रालयको १ जना सह सचिव सम्मिलित समितिले अध्ययन गरि ऋण स्वीकृत गर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved