‘परिवर्तनका लागि लाग्दा प्रधानमन्त्री हुने कल्पनै गरेको थिइनँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2019 | 10:32:43 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै जीवनकालमा मुलुकमा परिवर्तन हुन्छ र गर्न सकिन्छ भनेर आन्दोलनमा लागेकाले त्यसबेला आफूले प्रधानमन्त्री हुने कल्पनै नगरेको बताएका छन। 

‘नेपालय’द्वारा प्रकाशित समकालीन प्रा केआर खम्बुको पुस्तक ‘छायाँको लस्कर’ को आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनमा लाग्दा बाँचिएला भन्ने समेत नलाग्ने गरेको उल्लेख गरे। उनले गणतन्त्रको प्राप्तिसहित नयाँ संविधान, कम्युनिष्ट पार्टी एकता र अरु परिवर्तनहरु आफ्नै जीवनकालमा देख्न पाइएको जनाउँदै पञ्चायतकालमा सङ्गठिन र सचेत प्रयासका साथ थालनी गरेर शुरु भएको आन्दोलनले आफ्नै जीवनकालमा परिवर्तन दिएको र पार्टी एकताले पूर्णता पाएकामा सन्तोष व्यक्त गरे।

“देशको सुखद् भविष्यको परिकल्पना थियो, आफ्नो बारेमा केही पनि परिकल्पना थिएन ।” उनले भने, “त्यसबेला भोकै हिँड्ने र भोकै पनि रहने गरिन्थ्यो । सुरक्षाकर्मीसँग छलेर हिँड्नु पथ्र्याे । पूर्वी पहाडका अधिकांश जिल्लाहरु पैदलै परिक्रमा पनि गरेको छु । एक पटक खुट्टामा खिल परेर छ महिनासम्म खोच्याएर हिँड्नु परेको थियो । विगतका कठिन दिनहरु रमाइला पनि थिए ।”

उनले भूमिगतकालमा आफूले गरेका राजनीतिक गतिविधिको स्मरण गर्दै त्यसबेलाका कतिपय क्रान्तिकारी गीत, कवितासमेतलाई पुस्तकमा समेटेका धन्यवाद दिए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved