रौतहटको इस्नाथ नगरपालिकामा युवकको गोली प्रहार गरी हत्या भएको छ। आइतबार साँझ साढे ५ बजे भारतबाट आएका मोटरसाइकलमा सवार अज्ञात समूहले खापभिउरा जयनगरको बीचमा अन्दाजी २२ वर्षीय युवकको गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
गोली हानी ती समूह भने फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी गरिरहेको प्रहरीले जनाएको छ। मृतकको अहिलेसम्म पहिचान हुन नसकेको प्रहरीको भनाइ छ।
रौतहट क्षेत्र नं. २ बाट नेपाली काग्रेंसका निर्वा्चित सासंद तथा पूर्व मन्त्री मोह्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेको दिननै रौतहटमा युवकको गोली प्रहार गरी हत्या भएको हो। यी दुवै घटनाबीच कुनै सम्बन्ध छ छैन भन्नेबारे अहिलेयै केहि भन्न नसकिने प्रहरीले जनाएको छ।