महरा प्रकरणमा अर्को ट्वीस्ट, निवेदन लिएर रोशनी पनि अदालतमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2019 | 06:25:38 PM मा प्रकाशित

laxmi  sunrise bank

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफु माथि बलात्कार प्रयास नभएको भन्दै अर्को निवेदन दिएकी छिन् । शाहीले आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजलास निवर्तमान सभामुख कृष्ण बहादुर महराले बलात्कार प्रयास नगरेको बह्न्दै निवेदन दिएकी हुन् ।

महरालाई दोस्रो पटक म्याद थप्नको सोहि इजलासमा पेश गरिएको छ । महरालाई उपस्थित गराएपछि रोशनीले संगै उपस्थित भएर निवेदन दिएकी हुन्। निवेदनमा उनले  महराविरुद्ध जबरजस्ती उजुरी दिन दवाव दिएका कारण उजुरी दिएको उल्लेख गरेकी छन्।

महरालाई थुना मै राखेर अनुसन्धान गर्न यस अघि अदालत बाट लिईएको म्याद आज आईतबार सकिदै छ । आज नै जिल्ला सरकारी वकिलको कार्यालयमा उनको ७ घण्टा लामो बयान लिइएको थियो ।

रोशनीलाई नै बलात्कार गरेको आरोपमा महरा असोज १९ गते पक्राउ परेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved