निर्बाचन आयोगले दियो ३ बुँदे निर्देशन, मतदाताको हात पुछ्ने ब्यबस्था मिलाउन आग्रह

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 27, 2017 | 04:44:21 PM मा प्रकाशित

laxmi  sunrise bank

भोली असार १४ गते हुन् लागेको दोस्रो चरणको निर्बाचनको पुर्वसन्ध्यामा निर्बाचन आयोगले ३ बुंदे निर्देशन जारी गरेको छ । आयोगले निर्वाचनमा अशक्त मतदातालाई मतसंकेत गर्ने कार्यमा सहायता गर्ने, आफै हिडडूल गर्न नसक्ने ज्येष्ठ नागरिक एवम् वृद्धवृद्धा र शारीरिक अपाङ्गताका कारण हिडडूल गर्न नसक्ने मतदातालाई मतदानका लागि मतदान केन्द्रसम्म ल्याउने सम्बन्धमा सहयोग गर्ने समेतका विषयमा मतदान अधिकृतलाई निर्देशन दिने र यस कार्यमा आवश्यक समन्वयका लागि यस आयोगको मिति २०७४ असार १३ गतेको वैठकबाट  दोस्रो चरणमा निर्वाचन सम्पन्न हुने जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय र क्षेत्रीय ÷जिल्ला निर्वाचन कार्यालयलाई निम्नानुसार गर्न निर्देशन दिने निर्णय गरेको हो । 

यस्ता छन् निर्देशनहरु  । 


(१) दृष्टिविहिन वा शारीरिक रुपले अशक्त (हात नभएका वा हात नचल्ने वा अरु कुनै किसिमको शारीरिक अपाङ्गता) भएको कारणले आफै मतसंकेत गर्न नसक्ने मतदाताले आफ्नो साथमा आएको एकाघरको परिवारको सदस्यलाई मत संकेत गर्ने गोप्य कक्षमा आपूmसँगै लैजान अनुमति मागेमा वा मतसंकेत गर्ने काममा सहयोग पुर्याइदिन मतदान अधिकृतलाई अनुरोध गरेमा स्थानीय तह निर्वाचन ऐन,२०७३ को दफा ३८ एवम् स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ८३ को उपदफा (१) र (२) मा भएको व्यवस्था अनुरुप सहयोग उपलब्ध गराउने,


(२) आफै हिडडूल गर्न नसक्ने ज्येष्ठ नागरिक एवम् वृद्धवृद्धा र शारीरिक अपाङ्गताका कारण हिडडूल गर्न नसक्ने मतदातालाई मतदानका लागि मतदान केन्द्रसम्म ल्याउनु पर्ने अवस्थामा स्थानीय राजनीतिक दल, उम्मेदवारसँगको परामर्श र समन्वयमा स्थानीयस्तरमा आवश्यक व्यवस्था मिलाउन सहयोग गर्ने,

 

(३) वर्षातको समय भएकोले मतदाताको हात भिजेको हुनसक्ने र  भिजेको हातले मतपत्र समात्दा मतपत्र समेत भिज्ने वा मतसंकेत गर्दा मसी लत्पतिन सक्ने भएकोले मतदाताले राम्रोसँग हात पुछेपछि मात्र मतपत्र दिने व्यवस्था मिलाउने । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved