क्यान कमटेकको तयारी तिब्र, यस्ता छन् मुख्य आकर्षण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 31, 2016 | 06:21:41 PM मा प्रकाशित

laxmi  sunrise bank

 ' कम्पुटर एसोसियन अफ नेपाल' क्यान महासंघले यहि भाद्र २३ गते देखि हुन् गईरहेको “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” को तयारी तिब्र रुपमा भई रहेको जनाएको छ । महासंघले आज एक पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तयारी , आकर्षण, उदेश्य लगायतका विषयमा जानकरी गराएको हो  । 

  
महासंघले सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शन, यो क्षेत्रको विकास र विस्तारका लागि आवश्यक रणनीति निर्माणका निम्ती सार्थक अन्र्तक्रिया गर्ने तथा सूचना तथा सञ्चार प्रविधिलाई नेपाली समाजमा प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागेको जानकारी दिएको छ।  


 
क्यान कमटेकको यस संस्करणको सुबिसु केबलनेट प्रा.लि.ले शिर्ष प्रायोजन गरेको तथा एशोसिएट स्पोन्सर सामसुङले प्रायोजन गरेको हुनाले यस क्यान कमटेकको संस्करणको नाम “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” रहको महासंघले जनाएको छ । त्यस्तै प्लाटिनम स्पोन्सर– वेभसर्फर, डायमण्ड स्पोन्सर– नेपाल टेलिकम, गोल्ड स्पोन्सर– जेट टि ई  स्मार्ट फोन, सिल्भर स्पोन्सरहरु– नेटिस, र स्टार अफिस ईन्टरनेशनल छन् भने प्रिन्ट स्पोन्सरमा– स्प्यारो एस.एम.एस. रहेका छन् ।

 सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङमा जम्मा ८७ (सानो र ठूलो गरि), ओपन स्पेसहरु ८ र फुुड स्टलहरु ५ गरी जम्मा १०० वटा स्टलहरु रहने आयोजकले बताएको छ । हाल सम्म सबै स्टलहरु निश्चित भईसकेका महासचिव बिश्वराम बलामीले जानकरी दिए।

 के के छन् आकर्षण ?

 शिर्ष प्रायोजक सुबिसु केवलनेट प्रा. लि. ले “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” मार्फत ग्राहकहरुका लागि किल्यर टिभि तथा ईन्टरनेट सेवामा विषेश र आकर्षक योजना ल्याउने तयारी गरेको पत्रकार सम्मेलनमा जानकरी दिइएको छ ।  

प्लाटिनम स्पोन्सर वेभसर्फरले वायरलेश इन्टरनेटको सुविधा दिइरहेको उपत्यका र उपत्यकाका नजिकका शहरहरुमा स्काइ केबल टिभी ,मेघा केबल, नार्गाजुन केबल, चन्द्रागिरी डिजिटल केबल लगाएतका विभिन्न केबल टिभीहरुसँग सहकार्य गरेर सस्तो, सुलभ तथा गुणस्तरीय इन्टरनेट र टेलिभिजन सेवा यसै प्रदर्शनी मार्फत ग्राहकहरु माझ पस्केको छ ।   यो सेवालाई कम्पनीले टिभीनेटको नाम दिएको छ । कम्पनीले उपलब्ध गराउने ब्रोडब्यान्ड राउटरबाटै ग्राहकले सस्तो मुल्यमा इन्टरनेट, टि.भी को साथै भविष्यमा इन्टरनेट फोनको समेत सुविधा पाउनेछन् । साथै यसै मेला मार्फत सार्वजनिक गरिएको टिभीनेट सेवाको ग्राहक बन्दा निःशुल्क जडान, निःशुल्क राउटरको साथै अरु थुप्रै आर्कषक छुट एंव अफरहरु प्रदान गरिनेछ ।

  एशोसिएट स्पोन्सर सामसुङले नेपालका लागि special feature Turbo speed technology, S-bike mode, ultra data saving mode, ultra power saving mode भएको J-Series का फोनहरु प्रदशन गर्ने छ । मुख्य आकर्षणको रूपमा अवलोकनकर्ताहरुले नेपालमा पहिलो पटक सामसुङको नयाँ flagship phone Note 7 अनुभव   साथै सामसुङको Virtual Reality Device (Gear VR)को रोचक अनुभब पनि लिन सक्ने छन्  । 


 डायमण्ड स्पोन्सर नेपाल टेलिकमले रु. ५०÷– मा रु. ५०÷– कै ब्यालेस् भएको जि. एस. एम. प्रिपेड सिम कार्ड उपलब्ध गराउने छ र सो कार्य नेपाल टेलिकमको आधिकारिक बिक्रेता जानकि टेक्नोलोजीले गर्ने छ ।

मेला अवलोकनका लागि सर्व साधारणहरुलाई प्रवेश शुल्क रु ५०÷– र विद्यार्थीहरुलाई रु २५÷– तोकिएको छ । “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” को अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

मेलामा प्रदर्शनी गरिने सामानहरु तथा सेवाहरुका विषयमा जानकारी एस.एम.एस.बाट पनि प्राप्त गर्न सकिने आयोजकले  जनाएको  छ  । यसको लागि आफ्नो मोबाईलको म्यासेज बक्समा गएर क्यान स्पेस आफूले खरीद गर्न चाहेको सामान वा ब्रान्डको नाम वा सर्भिसको नाम टाईप गरी ३५००१ मा पठाउनु पर्नेछ । त्यसैगरि प्रदर्शनीको अवधिभर लक्की ड्रको समेत व्यवस्था गरिएको 
छ ।  

प्रदर्शनीस्थलको सुरक्षालाई ध्यानमा राखि प्रुडेन्सियल इन्स्योरेन्सको तर्फबाट एकमुष्ठ बीमाको व्यवस्था गरिएको छ । प्रदर्शनीस्थल तथा परिसर सीसीटीभीको माध्यमबाट क्यामेराको निगरानीमा रहनेछ भने सुरक्षा गार्ड र स्वयंसेवकको तर्फबाट आवश्यक सेवा र सहयोग उपलब्ध गराउने ब्यवस्था मिलाईएको छ । 

सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ को यस संस्करणको अफिसियल बैक सन्राइज बैंक लिमिटेडले “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” को टिकट काउन्टरको व्यवस्थापन समेत गर्नेछ । साथै सन्राइज बैंक लिमिटेडकोे ए.टि.एम. सुबिधा समेत प्रदर्शनी स्थलमा रहेकोले अवलोकन कर्ताहरुलाई पैसा बोक्ने झन्झट कम हुनेछ । 

मेला भदौ २६ सम्म चल्ने छ  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved