सिटिजन बैंकको २५ प्रतिशत हकप्रद बिक्रि खुला, बैशाख २७ सम्म आबेदन दिन सकिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 06, 2017 | 12:51:43 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन बैंक इन्टरनेश्नलले आज देखि हकप्रद बिक्रि खुला गरेको छ। १० बराबर २ दशमलब ५० अर्थात २५ प्रतिशतका दरले बिक्रि खुला गरिएको सिटिजनको हकप्रदमा सेयरधनीहरुले बैशाख २७ सम्म आबेदन दिन सक्ने छन। 

२५ प्रतिशत हकप्रदका लागि बैंकले फागुन २६ गते बुक क्लोज गरेकाले फागुन २४ सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउने छन।फागुन २४ सम्म कायम इच्छुक सेयरधनीहरुले बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक सानिमा क्यापिटल लिमिटेड, नक्साल, काठमान्डौ, सीबीआइएल क्यापिटल , डिल्लीबजार तथा सिटिजन बैंकको सम्पूर्ण शाखा कार्यालयबाट आबेदन फारम प्राप्त गरि हकप्रद भर्न सक्ने छन। 

बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले १ अर्ब ३८ करोड ४३ लाख ३७ हजार ९ सय २५ रुपैयाँ बराबरको १ करोड ३८ लाख ४३ हजार ३ सय ७९ दशमलब २५ कित्ता हकप्रद बिक्रि खुला गरेको हो।

२५ प्रतिशत हकप्रद बिक्रि वितरण पश्चात बैंकको चुक्ता पुंजी ६ अर्ब ९२ करोड रुपैयाँ पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी ५ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ६० करोड ७६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved