स्वदेशी लघुवित्तको ३ लाख कित्ता आइपीओमा आबेदन खुला, थपिए आवेदन दिने केन्द्र (सुचीसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 07, 2017 | 09:02:56 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज देखि ३ लाख कित्ता साधारण सेयर आईपियो निष्काशन गर्ने भएको छ । बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले यस अघि निर्धारण गरिएका आवेदन संकलन केन्द्र हरुमा केहि केन्द्र थप गरेको छ। लगानीकर्ताको सुबिधालाई ध्यानमा राख्दै केन्द्र थप गरिएको केन्द्रले जनाएको छ ।   

कम्पनीले प्रति कित्ता सय रुपियाँ पर्ने गरी ३ करोड बराबरको आईपियो निष्काशन गर्ने भएको हो। इच्छुक लगानीकर्ताले छिटोमा चैत्र २९ र ढिलोमा बैशाख ८ सम्म आवेदन दिन सक्ने छन्   । 

लगानीकर्ता कम्तिमा ५० कित्ता र बढीमा १५ सय कित्ताको लागि आवेदन दिन सक्ने छन् । कम्पनीले १२ हजार कित्ता कर्मचारीलाई र १५ हजार कित्ता १० ओटा सामुहिक लगानी कोषलाई छुट्याएको छ  । 

१० सामुहिक लगानी कोषहरु:  

नबिल ब्यालेन्स फण्ड १, नबिल ईक्विटी फण्ड , एनएमबि सुलभ इन्भेस्टमेन्ट फण्ड १,   एनएमबि हाइब्रिड फण्ड एल १, एनआईबिएल सम्वृद्धि फण्ड १, एनआईबिएल प्रगति फण्ड, लक्ष्मी भ्यालु फण्ड १, सिद्दार्थ ईक्वीटी ओरियनटेड स्किम, सिद्दार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ र ग्लोबल आईएमई सम्मुनत फण्ड रहेका छन् ।  

यी बाहेक कम्पनीले २ लाख ७३ हजार कित्ता सर्बसाधारणको लागि छुट्याएको हो । आईपिओ निष्काशनको लागि एनएमबि क्यापिटल  बिक्रि प्रबन्धक रहेको छ । 

हाल कम्पनीको चुक्ता पुंजी ७ करोड रहेकोमा आईपिओ निष्काशनपछि १० करोड पुग्ने छ ।  कम्पनीको अधिकृत पुंजी २० करोड छ । आईपिओ निष्काशन पश्चात कम्पनीको प्रमोटर: पब्लिक शेयर अनुपात ७०:३० रहने छ  ।चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ करोड ३५ लाख खुद नाफा गरेको थियो  ।  

इटहरीमा केन्द्रिय कार्यलय रहेको लघुवित्तले विभिन्न ३९ जिल्लामा ५० शाखा सञ्जाल मार्फत लघुवित्त सेवा प्रदान गर्दे आएको छ । इटहरीमा केन्द्रिय कार्यालय रहेको कम्पनीले विभिन्न ३९ जिल्लामा ४७ शाखामार्फत लघुवित्त सेवा प्रदान गर्दे आएको छ ।

कहाँ दिने आवेदन ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved