पल्सर स्पोर्टस् अवार्डमा किरणकुमार लिम्बु बने उत्कृष्ट बर्ष खेलाडी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 11, 2017 | 04:13:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय फुटबल  टोलीका गोलकिपर किरणकुमार लिम्बु पल्सर स्पोर्टस् अवार्डमा उत्कृष्ट बर्ष खेलाडी घोषित भएका छन् ।  नेपाल खेलकुद पत्रकार मञ्चले स्थापना गरेको पल्सर स्पोर्टस् अवार्डमा लिम्बुले अन्य ४ खेलाडीलाई पछि पार्दै उक्त अवार्ड जितेका हुन्  ।

उनले ब्याडमिन्टनका रत्नजित तामाङ, एथलेटिक्सका सोमबहादुर कुमाल, भलिबलका मानबहादुर श्रेष्ठ र क्रिकेटका शरद् भेषावकरलाई पछि पार्दै अवार्ड जितेका हुन् । 

उनी समावेश भएको राष्ट्रिय टोलीले एएफसी सोलिड्यारिटी कम जितेको थियो । उनले सेमीफाइनलमा लाओससँग तीन पेनाल्टी रोकेका थिए । उनले एएफसी एसियन कप छनोटमा फिलिपिन्ससँग पनि एक पेनाल्टी बचाउ गरेका थिए । उनले बंगलादेशमा भएको शेख कमल अन्तर्राष्ट्रिय क्लब कपमा टीसी स्पोर्ट्सलाई च्याम्पियन बनाउन महत्वपूर्ण योगदान दिएका थिए  ।  उनी हाल माल्दिभ्सको प्रिमियर लिग क्लब टीसी स्पोर्ट्मा अनुबन्धित छन् । 

लिम्बु हाल माल्दिभ्समा रहेकाले उनकी आमाले अवार्ड लिएकी थिइन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved