फिलिपिन्ससंग गोल रहित बराबरीमा रोकियो नेपाल, मैदान ढोगेर अनिल गुरूङले लिए सन्यास

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 14, 2017 | 02:44:54 PM मा प्रकाशित

laxmi  sunrise bank

 सन् २०१९ मा हुने एएफसी एशियन कप छनोट चरणको आफ्नो पाचौं खेलमा नेपालले समूहको शीर्ष स्थानमा रहेको फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको हो । घरेलु मैदान सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा दुवै टोलीले गोल गर्ने राम्रो अवसर पाए पनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुंगिएको हो 

यसअघि गएको चैतमा भएको अवे खेलमा नेपाल फिलिपिन्ससँग उसकै मैदानमा ४–१ ले पराजित भएको थियो । छनौट चरणमा एक खेल पनि जित्न नसकेको नेपाल छनौट चरणबाट गणितीय हिसाबबाट बाहिरिइसकेको छ । नेपालको एक अंक मात्र छ । फिलिपिन्स नौ अंकका साथ शीर्ष स्थानमा छ भने समान खेल खेलेको यमन ६ अंकसहित दोस्रो स्थानमा छ । त्यसैगरी ६ अंक नै जोडेको ताजिकिस्तान गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ ।

यसै बीच  नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा फरवार्डर अनिल गुरूङले यसै खेलबाट अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । फिलिपिन्स विरुद्धको खेलबाट नेपालको जर्सीमा आफ्नो ५० औं क्याप पूरा गर्दै अनिलले सन्यास लिएका हुन् । १० वर्षे अन्तर्राष्ट्रिय फुटबल करिअरमा ५० अन्तर्राष्ट्रिय खेल पूरा गरेका उनले १० गोल गरेका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले बिशेष कार्यक्रम गरी मंगलबार अनिलको बिदाई गरेको छ । एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले अनिललाई विदाइ गरेका थिए ।

सन्यास लिँदै गुरूङले फुटबलबाट टाढा हुन नसक्ने भन्दै राष्ट्रिय टिममा नरहे पनि क्लबबाट भने खेल्ने बताए। उनले आफूले जानेको सिकेको कुरा बाँड्ने बताउदै सबै भन्दा धेरै आफ्नो १० नम्बर जर्सी र  फ्यानहरु मिस गर्ने बताए  । 

मैदानबाट बाहिरिनु अघि अनिलले मैदानको बीच भागमा ढोगेका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved