राष्ट्रिय क्रिकेटरलाई इपिएल खेल्न आइसीसीको रोक, प्रतियोगिताको भविष्य नै अन्यौलमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 01, 2017 | 06:43:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका राष्ट्रिय क्रिकेटरहरुको एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्ने चाहनामा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) बाधक बनेको छ। इपिएल मान्यता प्राप्त प्रतियोगिता नभएको भन्दै कुनै पनि खेलाडीलाई खेल्न अनुमति नभएको भन्दै आइसीसीले पत्र काटेपछि राष्ट्रिय खेलाडीहरुको सपना 'चकनाचुर' भएको हो। 

आइसिसीका सिनियर क्रिकेट अप्रेसन म्यानेजर निगेल मास्कारेन्हासले मङ्सिर १२ गते एक इमेल मार्फत इपिएल खेल्न कुनै खेलाडीलाई अनुमति नभएको जवाफ दिएका हुन। 

'नेपालको सदस्यता निलम्बन रहेको स्मरण गराउन चाहन्छौं' पत्रमा लेखेएको छ, 'नेपाल भित्र हुने प्रतियोगिताको अनुमति आइसिसीले दिनुपर्छ, यो (इपिएल) प्रतियोगिता संचालन गर्न आइसिसीको अनुमति छैन, त्यसैले प्रतियोगिता खेल्न कुनै पनि खेलाडीलाई अनुमति छैन।' इपिएल आयोजकले आइसिसीलाई पत्राचार गरेपछि आइसिसीले यस्तो जवाफ पठाएको हो।

नेपाल क्रिकेट संघ (क्यान) को आन्तरिक विवादका कारण आइसिसीले २०७३ मा क्यानलाई निलम्बन गरि नेपालको राष्ट्रिय टिम र यु १९ टिमको व्यवस्थापन आफैले हेर्दै आएको छ। त्यसैले नेपालमा हुने कुनै पनि प्रतियोगिताका लागि आइसिसीको अनुमति अनिवार्य हुन्छ। 

आइसीसीको जवाफ पश्चात इपिएलको भविष्य अन्यौलमा परेको छ। राष्ट्रिय टिमका पूर्व खेलाडी आमिर अख्तरको सक्रियता आगामी असोज ३ देखि हुन लागेको इपिएलका लागि टिम र खेलाडी समेत घोषणा भईसकेका छन। 

इपिएलमा सहभागी ६ टिमका कप्तान राष्ट्रिय खेलाडी रहेको अवस्थामा आईसीसीको यो जवाफले इपिएल प्रभावित हुने भएको छ। इपिएलमा काठमाडौं किंग्स इलेभेन, ललितपुर पाट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज् र चितवन टाइगर्सले प्रतिस्पर्धा गर्नेछन्।

सहभागी टोलि मध्ये ललितपुर प्याट्रियोट्सका मालिक किशोर महर्जन,काठमाडौं किंग्स इलेभेनका मालिक रोहित गुप्ता, विराटनगर वारियर्सका मालिक विशाल अग्रवाल, पोखरा राइनाेजका मालिक साहिल अग्रवाल,भैरहवा लिजेण्ड्सका मालिक आदित्य सांघाइ र चितवन टाइगर्सका मालिक किशोर भट्टराई छन।  

त्यसैगरी टोलीका मार्की खेलाडीमा काठमाडौं किंग्स एलेभेनमा सोमपाल कामी, ललितपुर प्याट्रियोट्समा ज्ञानेन्द्र मल्ल, भैरहवा लिजेण्ड्समा शरद भेस्वाकर, विराटनगर वारियर्समा पारस खड्का, पोखरा राइनाेजमा शक्ति गौचन तथा चितवन टाइगर्समा दीपेन्द्र एेरी रहेका छन्।

नेपालको सर्वाधिक राशि भएको भनिएको इपिएलमा खेल्ने अवसर गुम्ने हो भने राष्ट्रिय खेलाडीले कमाउने अवसर समेत गुमाउनेछन। सन्दिप लामिछाने, विनोद भण्डारी, करण केसी र आरिफ शेख इपिएलमा महंगा खेलाडी हुन। यी चार खेलाडी लिलाम मार्फत १ लाख ७५ हजार रुपैयाँमा बिक्री भएका हुन्। 

लिलामका लागि १६० खेलाडीले नाम दर्ता गराइएको थियो। जसबाट इपीएलको छनोट कमिटीले ९० खेलाडी अक्सनमा राखेको थियो। लिलाममा राखीएका ९० खेलाडी मध्ये ६० जनालाई विभिन्न ६ टोलिले किनेको हो। 

पहिलो श्रेणीका खेलाडीको न्यूनतम मूल्य १ लाख र उच्चतम १ लाख ७५ हजार रूपैयाँ रहेको थियो । दोस्रो श्रेणीको खेलाडीको न्यूनतम मूल्य ७५ हजार र तेस्रो श्रेणीका खेलाडीको ५० हजार रुपैयाँ राखिएको थियो। सर्वाधिक महँगो राशि भनिएको यो प्रतियोगितामा आइसीसीको हस्तक्षेप भएसंगै खेल अन्यौलमा परेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved