ब्रजिलले लियो जर्मनीसँग बदला, स्पेनसँग अर्जेन्टिनाको लज्जास्पद हार

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 28, 2018 | 11:15:38 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप अगाडिको मैत्रीपूर्ण खेलमा गए राती ४ खेल भएका छन् । बुधबार विहान सकिएको खेलमा ब्राजिलले सन् २०१४ को विश्वकप विजेता जर्मनीलाई १–० ले पराजित गरेको छ । 

विश्वकपमा ७–१ को भारी अन्तरले पराजित भएपछि पहिलो पटक आमने–सामने हुँदा ब्राजिलले जर्मनीलाई उसकै मैदानमा हराएको हो । ब्राजिलको जितमा खेलको ३७ औं मिनेटमा गाब्रियल जिससले गरेको एकमात्र गोल निर्णायक बन्यो । 

अर्को खेलमा अर्जेन्टिना विरुद्ध स्पेन ६–१ गोलको भारी अन्तरले विजयी भएको छ । स्पेनको मड्रिडमा भएको खेलमा स्टार खेलाडी लियोनल मेसी विना मैदानमा उत्रिएको अर्जेन्टिनालाई लज्जास्पद हारको स्वाद चखाउन स्पेनका इस्कोले ह्याट्रिक गरे । 

खेलको १२ औ मिनेटमा डिएगो कोस्टाको गोल मार्फत अग्रता बनाएको स्पेनका लागि २७ औं मिनेटमा इस्कोले गोल गर्दै अन्तर २–० मा पुर्याए । तर ३९ औ मिनेटमा निकोलस ओटामेन्डीले गोल गर्दै अन्तर २–१ एकमा झारे । तर दोस्रो हाफमा स्पेन अर्जेन्टिना माथि पूर्ण रुपमा हावी भयो ।  ५२ औ मिनेटमा इस्कोले घरेलु टिमका लागि तेस्रो गोल गर्दा ५५ औ मिनेटमा थियागो एल्कान्त्राले स्पेनको अन्तर ४–१ पुर्याए । त्यसपछि ७३ औं मिनेटमा लागो आस्पासले टिमका लागि पाचौं गोल गर्दा ७४ औ मिनेटमा इस्कोले व्यक्तिगत ह्याट्रिक पूरा गरेर टिमलाई ६–१ को जित दिलाए ।

यता फ्रान्स र रसियाबीचको खेलमा फ्रान्सले रसियालाई ३–१ गोल अन्तरले हराएको छ । सेन्ट पिटर्सबर्गमा भएको खेलमा फ्रान्सको जितमा किलियन बाप्पेले दुई गोल गरे । खेलको ४० औं मिनेटमा बाप्पेको गोलमार्फत फ्रान्सले अग्रता बनाएको थियो । त्यसपछि ४९ औं मिनेटमा पाउल पोग्वाले गोल गर्दै अग्रता २–० मा पुर्याए । तर ६८ औं मिनेटमा फियोदोर मोलोभले रसियाका लागि गोल गर्दै अन्तर २–१ मा झारे । ८३ औं मिनेटमा पुनः बाप्पेले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै टिमलाई ३–१ को जित दिलाए । 

त्यस्तै उपाधि दावेदार मानिएको इङ्ल्याण्ड इटलीसँग १–१ गोलको बराबरीमा रोकिएको छ । लण्डनको वेम्ले स्टेडियममा भएको खेलमा इग्ल्याण्डका लागि खेलको २६ औं मिनेटमा जिमी भार्डेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको इङ्ल्याण्डले ८६ औं मिनेटमा डिबक्समा इटलीका खेलाडीलाई फल गरेपछि पाएको पेनाल्टीको अवसरलाई इटलीका लोरेन्जो इन्सीग्नीले गोलमा परिणत गरे र खेल बराबरीमा सकियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved