नेपाललाई युएईमा अर्को सफलता, टि २० सिरिज पनि जित्दै रच्यो इतिहास

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2019 | 07:04:18 PM मा प्रकाशित

laxmi  sunrise bank

युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले टि–२० अन्तर्राष्ट्रिय सिरिज पनि जितेको छ । एक दिवसीय सिरिज यस अघि नै कब्जा गरिसकेको नेपालले आज आइतबार टि २० सिरिज पनि कब्जा गरेको हो । शृंखला १-१ को बराबरीमा रहेको अवस्थामा नेपलाले तेस्रो तथा अन्तिम खेलमा जित निकाल्दै शृंखला कब्जा गरेको हो । 

बर्षाका कारण १० ओभरमा झारिएको खेलमा नेपालले युएईलाई १०५ रनको लक्ष्य दिएको थियो । तर जवाफमा युएईले १० ओभरमा ८ विकेटको क्षतिमा ९० रन मात्र जोड्यो । अत नेपालले खेल १४ रनले जित्दै शृंखला कब्जा गरेको हो । युएलाई सस्तैमा समेट्न नेपालका लागि करण केसी, अविनाश बोहरा, र ललित भण्डारीले समान २-२ विकेट लिए भने सन्दिप लामिछाने र सोमपाल कामीले समान १-१ विकेट लिए ।

यस अघि नेपालले निर्धारित १० ओभरमा ८ विकेटको क्षतिमा १०४ रन जोडेको हो ।  नेपालको लागि कप्तान पारस खड्काले सर्बाहिक २९ रन जोडे भने सन्दिप जोराले ११ बलमै २८ रन जोडे ।  त्यस्तै बिनोद भण्डारीले २१, ज्ञानेन्द्र मल्लले ११ तथा करण केसीले १० रन जोडे ।  पवन शराफ भने शुन्य रन मै आउट भएका थिए । 

नेपालले युएईमा एक दिवसीय शृंखलाको उपाधि र टि २० शृंखलाको पनि उपाधि जित्दै इतिहास रचेको छ 

 सन् २०१४ को टि–२० विश्वकपमा टि–२० अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको नेपालले २०१५ मा टि–२० विश्व कप छनोटमा खराब प्रदर्शनपछि मान्यता गुमाएको थियो । पुनःगत वर्ष मार्चमा एकदिवसीय राष्ट्रको मान्यता पाएको नेपालले स्वतः टि–२० अन्तर्राष्ट्रिय मान्यतासमेत पाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved