आईपीएलमा चेन्नईसँग हार्यो दिल्ली, दोस्रो खेलमा पनि सन्दिप बेन्च मै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2019 | 09:32:46 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा जारि इन्डियन प्रिमियर लिग आईपीएलमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने आवद्द दिल्ली क्यापिटल आफ्नो दोस्रो खेलमा पराजित भएको छ । मंगलबार बेलुका भएको खेलमा चेन्नईले दिल्लीलाई ६ विकेटले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिंग गरेको दिल्लीले १४७ रन जोडेको थियो । दिल्लीका लागि शिखर धवन ५१ तथा ऋषभ पन्त २५ र पृथ्वी साले २४ रन जोडे । दिल्लीले दिएको लक्ष्य चेन्नईले  दुई बल बाँकी रहँदा पूरा चार विकेट गुमाएर पूरा गर्‍यो । चेन्नईको जितमा सेन वाट्सनले ४४ रन बनाए । यसैगरी सुरेश रैना ३० रनमा आउट हुँदा केदार जादबले २५ बनाएका थिए । महेन्द्र सिंह धोनीले पनि २५ रनकै योगदान दिए । खेलमा सन्दिपले भने अवसर पाएका थिएनन् । 

लिग अन्तर्गत आज कोलकोता र पन्जाब भिड्ने छन् 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved