मुलपानी क्रिकेट ग्राउण्ड: खर्च साढे ६ करोड, तस्विरमा हेर्नुस उपलब्धि के के ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 13, 2016 | 04:19:16 PM मा प्रकाशित

laxmi  sunrise bank

बिश्व क्रिकेटको सर्बोच्च निकाय अन्तराष्ट्रिय क्रिकेट काउन्सिल ‘आईसिसि’ का पदाधिकारीहरु नेपाली क्रिकेटको खुलेरै प्रशंशा गर्छन। उनीहरु भन्छन् “नेपालमा जस्तो ‘क्रिकेट कल्चर’ अन्य देशमा छैन” । उनीहरु नेपाली क्रिकेटको विकासमा सक्दो सहयोग गर्न चाहनछन् । आईसिसिले बुझेको छ, नेपाली खेलाडीहरुले अवसर पाउने हो भने जस्तो सुकै देशको टिमलाई पनि टक्कर दिन सक्छ ।

तर बिडम्बना नै भन्नु पर्छ, आईसीसी नेपाली क्रिकेटलाई सहयोग गर्न तत्पर देखिएको बेला स्वयम नेपाल सरकार भने यस प्रति उदासिन झैँ देखिन्छ । त्यसको एक नमुना हो मुलपानी क्रिकेट ग्राउण्ड ।

जब जब नेपालले कुनै अन्तराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर घर फर्कन्छ । खेलाडीहरुको भब्य स्वागत हुन्छ । सरकारले प्रोत्साहन स्वरुप नगद पुरस्कार दिन्छ । र त्यहि नगद वितरण समारोहमा घोषणा हुन्छ ‘नेपालमा १ बर्ष भित्र अन्तराष्ट्रिय स्तरको क्रिकेट ग्राउन्ड बन्छ’। त्यो अरु नभई बहु चर्चित मुलपानी क्रिकेट ग्राउण्डको कुरा हो । तर न त त्यो १ बर्ष कहिल्यै आयो, न त रंगशाला नै बन्यो ।

त्यसको मुख्य कारण बन्यो ब्यतिगत स्वार्थ , किचलो र विवाद आईसीसीले २००३ मा नेपालमा ग्लोबल एकेडेमी बनाउने भन्दै १ करोड डलरको प्रोजेक्ट ल्याएको थियो । विवाद त्यहि बेला सुरु भयो । त्यस समय क्रिकेट संघ नेपाल , क्यानसंग त्यस प्रोजेक्टको लागि जग्गा नै थिएन । पछि नेपाल सरकारले प्रोजेक्ट अगाडी बढाउन मुलपानीमा भएको जग्गा क्यानलाई दियो । तर क्यानका पदाधिकारीमध्ये मै असन्तुष्ट पक्ष निस्कियो जसले एकेडेमी पोखरामा बनाउन पर्छ भन्ने अडान लियो। किचलो देखिएपछि आईसीसीले हाई अल्टिच्युट ट्रेनिङ सेन्टरको प्रस्ताव गर्यो । तर त्यसमा पनि विवाद देखियो र आईसीसीले दुवै प्रोजेक्ट रद्द गयो । नेपालले एउटा ऐतिहासिक अवसर गुमायो ।

सहयोग आएको बेला सदुपयोग गर्न नसकेको नेपाल आफैले मुलपानी मै रंगशाला बनाउने निर्णय गर्यो । क्यानले मुलपानीमा रंगशाला बनाउने काम थाल्यो तर क्यान भित्रै गुट उपगुट देखिए । त्यहि भित्रको विवाद यहाँसम्म पुग्यो कि आईसीसीले क्यान नै खारेज गर्न पर्यो । अहिले त्यस रंगशालामामा लाखौ खर्च भई सकेको छ ।

तर खर्च भए अनुसारको उपलब्धि देखिदैन । मुलपानीमा अहिले २ वटा ग्राउण्ड छ । माथिल्लो ग्राउण्ड क्यानले निर्माण सुरु गरेको हो । निर्माण कै क्रममा क्यान निलम्बनमा पर्यो र अहिले निर्माण नै रोकिएको छ । क्यानका हालका ‘चिफ अपरेटिंग अफिसर’ छुम्मी लामा माथिल्लो ग्राउण्डको लागि साढे ६ करोड खर्च भएको र धेरै काम भएको दाबी गर्छन ।

उनी भन्छन् ‘ पेभिलियन बनेको छ, ७ विकेट भएको फाउन्डेसन बनेको छ, लेभलिंङ , ग्रासिंङ, वाल, बाउन्ड्री, ढल ब्यबस्थापन भईसकेको छ, त्यो खेल्न योग्य छ’ । उनी फिनिसिंगका केहि काम बाँकी रहेको बताउछन् । तर अधिकांश काम भने २०६८ मै पुरा भई सकेको थियो । गत महिना मात्रै मैदानलाई तत्काल खेल्न योग्य बनाउन आवश्यक पर्ने १६ लाख ७६ हजार रुपैयाँ ब्यवस्था गर्न क्रिकेट प्रशिक्षक, खेलाडी र क्यानका कर्मचारीले सरकारलाई आग्रह गरेका थिए।

बिजपाटीको टोली शनिबार सोहि ग्राउण्डको अवलोकन गर्न पुगेको थियो । त्यहाँ पुग्दा साढे ६ करोड खर्च भएको उपलब्धि भने देखिएन । त्यहाँ एउटा टोली क्रिकेट खेलिरहेको थियो भने, एउटा मात्र पिच देखिन्थ्यो । लामाको दाबी अनुसारको ७ वटा विकेट देखिएन । साथै तार जालीको वालको काम अस्तव्यस्त देखिन्थ्यो । यति सम्म कि वाल लगाईएको भनिएको बाउन्ड्री भित्र गाई बस्तु चरीरहेका थिए । त्यही भेटिएका स्थानीय बासिन्दा भनिरहेका थिए ‘ धेरै बर्ष भयो, यस्तै छ, काम भएको छैन यत्तिका बर्ष भईसक्दा पनि किन ग्राउण्ड खेल योग्य बन्न सकेन? खोजीको बिषय रहेको छ ।

साढे ६ करोड बिनियोजन भई सक्दा पनि क्यान अझै थप् सहयोग माग गरिरहेको छ। अब सरकारले रकम बिनियोजन गर्ने हो भने यस अघि निकासा भएको साढे ६ करोडले भएको कामको विवरण लिनु पर्छ र तोकिएको समयमा निर्माण सम्पन्न अर्थात् खेल योग्य नभए जरिवाना गर्ने शर्तमा दिनु पर्छ ‘। साथै क्यानले निर्माणको खर्च विवरण स्पष्टसंग आफ्नै वेबसाइटमा राखेर पारदर्शी बन्नु पर्छ। क्रिकेटमा विवाद देखिएकै त्यहाँ भित्रको अनियमितताले हो । नत्र ‘म नै नेतृत्वमा हुनु पर्छ’ भन्ने अडान सायद आउने थिएन।

खेलाडीहरुले नै तलब, भत्ता र उचित सुविधा नपाएको भन्दै टी-ट्वान्टी विश्वकप खेलेका नेपाली टिमका खेलाडीले हाल भइरहेको 'राष्ट्रिय क्रिकेट प्रतियोता' बहिष्कार गरेको प्रत्यक क्रिकेट समर्थकको दिमागमा ताजा नै छ । यहि प्रकरणले क्यान अख्तियारको छानविनमा समेत तानिएको थियो ।

नेपाली क्रिकेटको विकास गर्ने हो भने क्रिकेट सरकार, पदाधिकारी देखि खेलाडीसम्ममा पहिलो कुरा इच्छा शक्ति चाहिन्छ, दोस्रो स्पष्ट योजना, तेस्रो पारदर्शीता र चौथो इमान्दारिता चाहिन्छ । यति हुने हो भने आईसीसीले आवश्यक पर्ने श्रोत साधन अवश्य नै सहयोग गर्छ । र नेपालले अन्तराष्ट्रिय स्तरमा फड्को मारेको हेर्ने दिन दुर हुने छैन । (तल्लो ग्राउण्डको अवस्थाबारेको रिपोर्ट बिजपाटी मा केहि दिनपछि प्रकाशित हुने छ ।)

हेर्नुस मुलपानीको माथिल्लो ग्राउण्डको ताजा तस्विरहरु 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved