नेपाल र जापानबीच फुटबल भिडन्त हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 18, 2016 | 01:27:32 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी शनिबार नेपाल र जापानबीचको च्यारिटी फुटबल खेल हुने भएको छ । नेपालको राष्ट्रिय फुटबल टोली र फ्रेन्ड्स अफ जापानबीच च्यारिटी खेल हुन लागेको हो ।

नेपाल र जापानको दौत्य सम्वन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा अखिल नेपाल फुटबल संघ एन्फा र जापानको एनजीओ कलरबाथले मिलेर खेल आयोजना गरेको हो । 

खेलमा लागि आएका १६ सदस्यीय टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा अभ्यास पनि गरेको छ । सन् २००२ को विश्वकपका टोली खेलाडी मिडफिल्डर काजुयिका टोडाको कप्तानीमा जापानी टोली नेपाल आएको हो ।

खेलबाट जम्मा भएको रकम भूकम्पपीडितका लागि खर्चने जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved