राष्ट्रिय फुटबल रेफ्री मानन्धरले लिए खेल जीवनबाट सन्यास

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 06, 2017 | 12:20:43 AM मा प्रकाशित

laxmi  sunrise bank

 पूर्व राष्ट्रिय खेलाडी तथा रेफ्री सुरज मानन्धरले खेल जीवनबाट सन्यास लिएका छन् । त्रिवेणी कप खेलाउन बेसीसहर आएका मानन्धरले बुधबार एक विज्ञप्ति जारी गरी खेलबाट सन्यास लिएका हुन । 

आफ्नो जिवनमा १४ वर्ष खेलाडी र १४ वर्ष रेफ्रीको भूमिका निर्वाह गरेका मानन्धरले सबैभन्दा धेरै समय त्रिवेणी कप खेलाएको भन्दै लमजुङमा भएको २५ औँ त्रिवेणी कप प्रतियोगिता पछि औपचारिकरुपमा सन्यास लिएको बताए  

विसं २०४६ बाट काठमाडौँस्थित ब्वाइज स्पोट्र्स क्लबमार्फत खेलको सुरु गरेका मानन्धर  मनाङ मस्र्याङ्दी, एनआरटीलगायतका क्लबबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भएका थिए । उनले  २०५९ मै व्यावसायिक खेल जीवनबाट सन्यास लिएका थिए । 

रेफ्री बनेपछि हालसम्म ४७ प्रतियोगितामा ९७ खेल खेलाएका उनले अब नयाँ पुस्तालाई स्थान दिनको निम्ति आफूले खेल जीवनबाटै सन्यास लिएको बताए। उनको सन्यासको घोषणा पछि खेल क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै त्रिवेणी क्लबले सम्मान गरेको थियो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved