के हो आईपीएलमा पहिलो पटक प्रयोग हुन लागेको 'बायो बबल' ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2020 | 10:08:56 AM मा प्रकाशित

laxmi  sunrise bank

बहु चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औ संस्करण आगामी १९ सेप्टेम्बर देखि युएईमा हुदैछ । भारतमा कोरोना भाइरस संक्रमण बढेपछि प्रतियोगिता हुने नहुने अनिश्चितताको बीच युएईमा खेल हुन लागेको हो 

युएईमा स्वास्थ्य मापदण्ड पालना गरेर प्रतियोगिता हुन लागेको हो ।  कोरोना महामारीबीच हुन लागेको यस प्रतियोगिताको पुर्व सन्ध्यामा 'बायो बबल' शब्द चर्चामा छ । आईपीएलमा यस पटक बायो बबल प्रयोग हुदै छ 

बायो बबल कुनै प्रविधि नभई एउटा वातावरण हो । यस अन्तर्गत विभिन्न मापदण्ड तोकिएका हुन्छन् । खेलाडी सहित खेलसँग सम्बन्धित जो कोहि पनि यस वातावरणमा प्रवेश गर्नु अगाडी कोरोना परिक्षण गराउनु पर्छ । कोरोना परिक्षणको नतिजा नेगेटिभ आएपछि उनीहरु वातावरणमा प्रवेश गर्न सक्छन् । त्यस भित्र प्रवेश गरिसकेपछि उनीहरुले मापदण्ड पालना गर्नु पर्छ । यसमा खेलाडी, टिमका सपोर्ट स्टाफ, र म्याच अफिसियलहरु कहाँ कहाँ जान सक्ने भन्ने निश्चत स्थान तोकिएको हुन्छ । यसले खेलाडी र बाहिरी वातावरणलाई पूर्ण रुपमा अलग राख्छ र कोरोना संक्रमणको जोखिम कम गर्छ । 

खेलाडीहरुलाई खेल हुने खेल मैदान र उनीहरु बस्ने होटेलमा मात्र आवतजावत गर्ने अनुमाति हुन्छ । बबलभन्दा बाहिरका ब्यक्तिहरुसँग उनीहरुले भेटघाट गर्न पाउदैनन् । यात्रा गर्दा पनि उनीहरु अईसोलेसन कै जसरी यात्रा गर्छन् ।  साथै खेलाडीहरुले आफ्नो परिवारका सदस्यहरुलाई पनि युएई लैजान पाउनेछन् । तर बबलमा प्रवेश गरिसकेपछि उनीहरुले परिवारसँग भेटघाट गर्न पाउने छैनन् र सँगै बस्न पाउने छैनन् ।  

खेलाडी, सपोर्ट स्टाफ, अफिसियल, अन्य स्टाफ, लाइभ गर्ने टिभी क्रिउ लगायतको छुट्टाछुट्टै बायो बबल हुन्छ। त्यस्तै स्थान अनुसार फरक फरक बायो बबल हुन्छ । खेल मैदानको लागि, होटेलको लागि, यात्राको लागि, र अभ्यासको लागि फरक फरक बायो बबल छन् । त्यस्तै यी स्थानमा हरेक टिमको छुट्टाछुट्टै बायो बबल हुन्छ । अर्थात् हरेक टिम छुट्टाछुट्टै होटेलमा बस्ने छ भने उनीहरुले आफु बसेकै कोठामा खाना मगाउनु पर्ने हुन्छ । बायो बबल भित्र रहँदा पनि मास्क र भौतिक दुरी अनिवार्य गरिएको छ । त्यस्तै यदि कोहि खेलाडी घाइते भए उनीहरुलै सपोर्ट दिने स्टाफले अनिवार्य पिपीई लगाउनु पर्ने छ । साथै एकै स्थानमा भिडभाड नहोस् भनेर टिमको छलफल बाहिरी खुला स्थानमा गर्नु पर्ने छ । यदि कोहि बायो बबल भन्दा बाहिर गए उसले कारवाही स्वरुप अर्को खेल गुमाउन सक्छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved