राष्ट्रपति रनिङ कपको बिजेतालाई पुरस्कार प्रदान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 03, 2017 | 04:33:44 PM मा प्रकाशित

laxmi  sunrise bank

मोहसिन अली मियाँ/गोरखा

राष्ट्रपति रनिङ कपको पुरस्कार वितरण सम्पन्न भएको छ । जिल्लामा गत फाल्गुन ३ देखि १९ गतेसम्म सम्पन्न रनिङ कपको विजेता विद्यालयलाई जिल्ला खेलकुद विकास समितीले सदरमुकाममा एक कार्यक्रम गरी पुरस्कार वितरण गरेको हो । समितीका कार्यवाहाक अध्यक्ष शान्त बस्नेतले राष्ट्रपति रनिङ कपमा प्रथम हुने विद्यालय जनशक्ति मावी नामजुङका प्रधानध्यापक चिरञ्जिवी काप्री र द्धितिय हुने विद्यालय भवानी मावीका प्रद्यानाध्यापक काजीराम कार्कीलाई पुरस्कार हस्तान्तरण गरेका हुन् ।

प्रथम हुने जनशक्ति मावीले नगद ५० हजार र द्धितिय हने भवानी मावीले २५ हजार नगद हात पारेका छन् । रनिङ कपमा ७९ सामुदायिक विद्यालय र २ निजी विद्यालय गरि कुल ८१ विद्यालय सहभागी भएका थिए । 

राष्ट्रपति रनिङ कप सञ्चालनका लागि विनियोजन भएको बजेट निकासमा ढिलाई भएपछि लामो समय पश्चात विजयी विद्यालयलाई पुरस्कार वितरण गरिएको समितीले जनाएको छ । खेलमा सहभागि जिल्लाका ७९ सामुदायिक विद्यालयलाई १०÷१० हजार नगद प्रदान गरिएको समितीका कार्यवहाक अध्यक्ष बस्नेतले बताएका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved