टेलिकमले रिचार्जमा दिने शतप्रतिशत बोनसले के के गर्न मिल्छ ? कहिलेसम्म सक्नु पर्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2020 | 05:59:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले रिचार्जमा शतप्रतिशत बोनस सेवा सुरु गरको छ। दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार बुधबारबाट यो सेवा सुरु गरिएको टेलिकमले जनाएको छ। 

टेलिकमका प्रवक्ता राजेश जोशीकाअनुसार रिचार्जमा र एमपोसमा शतप्रतिशत बोनस सेवा सुरु गरिएको छ। यद्दपी प्राधिकरणले दिएको दुई निर्देशन मध्ये शतप्रतिशत बोनस सेवा सुचारु भएपनि प्राबिधिक कारणले  गर्दा सापटी सेवा अहिले दिन नसकिएको उनले बताए। प्राधिकरणले मंगलबार मात्रै निर्देशन दिएको थियो।

अब टेलिकमका सेवाग्राहीले जति रिचार्ज गर्छन् त्यति नै बोनस पाउनेछन्। वोनसको व्यवस्था अनुसार नेपाल टेलिकमको ] GSM तथा CDMA  को प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा रिचार्ज गरेको रकमको शतप्रतिशत बराबर बोनसको रूपमा प्राप्त हुनेछ । यसरी प्राप्त गरेको वोनस रकमबाट Pay-as-you-go  (प्याकेज बाहेकको दररेट) अन्तर्गत नेपाल टेलिकमको नम्बरमा कल गर्न, एसएमएस पठाउन तथा डाटा प्रयोग गर्न सकिने छ । तर उक्त बोनस रकमबाट ब्यालेन्स ट्रान्सफर गर्न वा प्याकेज खरिद गर्न वा गिफ्ट पठाउन सकिने छैन । 

रिचार्ज कार्ड प्रयोग गरी रु. ५० र रु. १०० को रिचार्ज गर्दा प्राप्त हुने वोनस रकम २ दिन भित्र खपत गरिसक्नु पर्छ भने रु. २०० र रु. ५०० को रिचार्जमा प्राप्त हुने वोनस रकम ४ दिनभित्र खपत गरिसक्नु पर्नेछ । त्यसैगरी रु. १००० को रिचार्जमा प्राप्त हुने वोनस रकम ६ दिनभित्र खपत गरिसक्नु पर्नेछ । 

एमपोस वा विद्युतीय रिचार्ज अन्तर्गत रु. १० देखि रु. ९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस २ दिनभित्र खपत गरिसक्नु पर्नेछ । साथै रु. १०० देखि रु. ४९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ४ दिन भित्र खपत गरिसक्नु पर्नेछ । यसैगरी रु. ५०० देखि रु. ९९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ८ दिनभित्र खपत गर्नुपर्ने हुन्छ भने रु. १००० वा सो भन्दा माथिको रिचार्जमा प्राप्त हुने वोनस १० दिनभित्र खपत गरिसक्नु पर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved